एनआईसी एशिया र एनबीआईबीच जानबी कोर्ष सञ्चालन सम्बन्धि सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2017 | 08:08:01 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक र नेशनल बैंकिङ्गबिच जानबी कोर्स संचालन गर्ने बारेमा आज सम्झौता सम्पन्न भएको छ । बैंकले Learning And Development Activities लाई थप गतिशिलता प्रदान गर्नको लागि एक छुट्टै विभागको स्थापना गरी कार्य गर्दै आइरहेको छ । 

बैंकले निकट भविष्यमा नै Learning  And Development Activities लाई थप उचाइमा पुर्याउन लागि Learning & Development Academy को स्थापना गरि बैंकिङ सम्बन्धि सम्पुर्ण Learning And Development Activities हरु संचालन गर्ने वृहत लक्ष्य समेत लिएको छ ।  

यस सम्झौता अनुसार बैंकले ३८८ जना कर्मचारीहरुलाई जानाबी कोर्समा संलग्न गराउने छ । यससंगै एनआइसी एसिया बैंकिङ क्षेत्रमा नै यति ठूलो संख्यामा जानबि  कोर्ष गराउने पहिलो बैंक बनेको छ। 

यस सम्झौता अनुरुप बैंकले, एनबिआईद्वारा संचालन गरिने विभिन्न तालिम तथा कार्यक्रमहरुमा विशेष छुट समेत पाउनेछ । जानबी सर्टिफिकेसन कोर्स गर्नेले स्वःअध्ययन गरि एनबिआईद्वारा लिने परिक्षाहरु उत्तिर्ण गर्नु पर्ने हुन्छ । त्यस्ता परीक्षाहरु वर्षमा जून र डिसेम्बर महिनामा गरी दुई पटक सञ्चालन गर्नेगरेको एनबिआईले जानकारी गराएको छ । 

त्यस्तो परिक्षा उत्तिर्ण गर्नेहरुलाई सर्टिफिकेट दिने गरेको र हालसम्म देशमै ३४८ जना मात्रै जानबी सर्टिफाईडबैंकरहरु रहेको जानकरि समेत एनबिआईले गराएको छ । 

उक्त सम्भौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने  र एनबिआईका कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved