सिटिजन बैंकद्वारा भूकम्प अति प्रभावित धादिङ् र गोरखाको गाविसमा नगद वितरण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2017 | 04:26:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंक इनेटरनेशनल लिमिटेडले भूकम्प अति प्रभावित क्षेत्रका १० गाबिसहरुमा नगद वितरण गरेको छ। बैंकले उक्त कार्यक्रम धादिङ्को लापा, झारलाङ्ग, तिपलिङ्ग, रिगाँउ, सेर्तुङ्ग गाविस र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा गरेको जनाएको छ।

असोज ५ देखि १० गतेसम्म गरि ६ दिन संचालित उक्त कार्यक्रम वेल्ट हंगर हिल्फ/लुथेरियन वर्ल्ड फिडरेसनको सहकार्यमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको हो ।

विशेष गरि भूकम्प प्रभावित क्षेत्रमा स्थानिय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो । यस्ता प्रकारका कार्यक्रम बाट स्थानिय विकास निर्माणका काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक सहयोगमा सुधार आउने विश्वास बैंकले लिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved