सिटिजन्स बैंकको ६३औं शाखा बर्दियाको बढैयाताल मैनापोखरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 11:52:07 AM मा प्रकाशित

laxmi  sunrise bank

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६३औं शाखा बर्दियाको बढैयाताल मैनापोखर संचालनमा ल्याएको छ ।  सोमबार  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन।  

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई देशैभरी फैलिएका यस बैंकको ६३ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहक वर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरुसाथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

  समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले जन प्रिय माध्यमिक विद्यालय र श्री वागेश्वरी निम्न माध्यमिक विद्यालयलाई १÷१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा सहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले हुम्लाको सर्केगाड , झापाको हल्दिबारी ,महोतरीको औरही , र दांङको बंगला चुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको  बैंकका प्रमुख कार्यकारी अधिकृत  राजन सिंह भण्डारीले जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved