सिद्दार्थ बैंकको नयाँ शाखा काभ्रेको बनेपामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2017 | 02:06:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले पौष २ गते आइतबार बनेपाको बनेपा बजारमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । बैंकले यस शाखा कार्यालय मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ र बैंकले प्रदान गर्ने उच्चस्तरिय तथा आधुनिकतम बैंकिङ सेवाबाट यस क्षेत्रका व्यापारी तथा सर्वसाधारण लाभान्वित हुनेमा बैंक विस्वस्थ रहेको छ ।                         

हालै सञ्चालनमा आएको नयाँ शाखा सहित बैंकले हाल देशभर रहेका ८१ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०४ एटिएम , ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को मंसिर मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८२ अर्ब १५ करोड र कर्जा लगानी रु. ७३ अर्ब ८० करोड गरेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved