लुम्बिनी विकास बैंकको काठमाडौ न्युरोड शाखा बनस्थली स्थानान्तरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 06:48:09 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक मर्जरको क्रममा दोहोरिएको काठमाडौंको न्युरोड शाखालाई बनस्थली ढुंगेधारा स्थानान्तरण गरेको छ। बैंक संचालक समितिका सदस्य चिन्तामणि भट्टराइले स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरे। 

सो अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले बैंकले आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ सेवा प्रदान गर्ने तथा ग्रामिण भेगमा समेत क्रमश सेवा बिस्तार गर्दै लैजाने बताए। 

बैंकले डिल्लीबजार स्थित केन्द्रिय कार्यालय सहित देशभरका ६० शाखा कार्यालय तथा १२ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई एबीबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved