रामेछापको बेतालीमा ग्लोबल आइएमई बैंकको शाखारहित सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 21, 2018 | 03:55:15 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लि. ले रामेछापमा ७९ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । मंगलबारबाट रामेछापको गोकुलगंगा गाँउपालिका बेतालीमा स्थानिय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधिमा नियुक्त गरी बैंकले काम सुरु गरेको हो । बैंकले बेतालीमा “वित्तीय साक्षरता कार्यक्रम” पनि संचालन गरेको छ । सेवा उद्घाटन कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले बेताली र आसपासका विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीय जानकारी गराएका थिए । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बंैकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२० वटा शाखा, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा प्रदान गर्दै आएको छ । बकंैले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरी ति देशमा रहेका नेपालीहरुलाई पनि सेवा दिँदै आएको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved