नेपाल टेलिकमलाई नयाँ लाईसेन्स दिने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 07:09:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई नयाँ लाईसेन्स दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले टेलिकमलाई नयाँ लाईसेन्स दिनको लागि  नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई  निर्देशन दिने निर्णय गरेको हो ।

टेलिकमले २०५६ बैसाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको लाईसेन्स लिएको थियो । दूरसञ्चार ऐनमा  लाईसेन्स अवधि अवधि बढीमा २५ वर्ष हुने उल्लेख भएकोले टेलिकमको लाइसेन्स अवधि जुन २०८१ बैशाख २८ गते सकिँदै छ । 

लाईसेन्स अवधि सकिन लागेपछि सरकारले नै नयाँ लाईसेन्स दिने निर्णय गरेको हो । अब टेलिकमलाई कति अवधिको लागि नयाँ लाईसेन्स दिने भन्ने निर्णय भने प्राधिकरणले नै गर्ने छ ।

  टेलिकमले गत मंगलबार मात्रै लाईसेन्स नविकरणको लागि १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ तिरेको थियो ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved