सरकारले समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
त्यस्तै बैठकले भाषा आयोगको रिक्त सदस्य पदमा काठमाडौँका सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।