गाउँ गाउँमा बैंक पुर्याउने सरकारको योजनामा राजनीति घुस्यो, दोलखाबाट फिर्ता हुँदै सानिमा बैंक

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 26, 2018 | 05:15:53 PM मा प्रकाशित

laxmi  sunrise bank

संघियता कार्यन्वयनको क्रममा गाउँगाउँमा बैंक पुर्याउने सरकारको योजनामा राजनीति घुस्न थालेको छ। बैंकलाई पनि संघिय प्रणालीमा लैजाने उदेश्य अन्तर्गत नेपाल राष्ट्र बैंकले बैंकहरुलाई विभिन्न ७५३ तह पुग्न निर्देशन जारि गरेको थियो। 

राष्ट्र बैंकले जारि गरेको निर्देशन पालना गर्दै बाणिज्य बैंकहरुले दुर्गममा बैंक पुर्याउन लागिपरेका छन। तर सरकारलाई सघाउनैका लागि दुर्गममा  पुगेको सानिमा बैंकको दोलखा शाखामा राजनीति घुस्दा समस्या बल्झिएको छ। 

त्यहाँ स्थित विभिन्न राजनीतिक दलका स्थानीय संघसंगठनले बैकले बिद्यालय भवनमा शाखा कार्यालय राखेको भन्दै बिरोध गरेपछि दोलखा पुगेको सानिमा बैंक फर्कने तयारि गरेको छ। राजनीति दलका संगठनको चर्को आलोचना र दबाब थेग्न नसकेपछि  असार ३२ गते दोलखाको मेलुङ गाउँपालिका भेड्पुमा पुगेको सानिमा बैंक फर्किने तयारीमा जुटेको हो। 

पूर्वाधार अभाबका कारण निकै सास्ती खेपेर मेलुङ पुगेको सानीमा बैंकलाई स्थानीय राजनीति दलहरुले राजनीतिक मुद्धा बनाएपछि बैंक नबस्ने मनस्थितीमा पुगेको हो। गाउँपालिकाको केन्द्र भएको ठाउँमा अन्य पक्कि भवन नभएपछी बैंकले ६ कोठे बिद्यालय भवनको २ कोठा भाडामा लिएको बिषय विवादमा तानिएको हो।   

बैंकका चीफ फाइनान्सियल अफिसर सरोज गुरागाईले अब एक दुई दिनसम्म पनि यस्तै किचलो जारी रहे बैंक त्यहाँबाट फर्कने बताए। “हामी त सरकारलाई सहयोग गर्न गएका हौँ, हामीलाई मेलुङ गएवापत त्यति धेरै व्यापार पनि हुने होईन,गाउँको विवाद गाउँमै मिलाउनुपर्यो, बैंक राजनीतिक विवादमा मुछिन चाहदैन, विवाद जारी रहे बैंक फर्किन्छ” उनले भने । 

बैंकले विद्यालय भवनको २ कोठा प्रयोग गरेपछि अनेरास्ववियु, नेपाल विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनले विज्ञप्ती नै निकालेर विद्यालयमा बैंक राख्न नहुने भन्दै बैंकलाई अन्यत्र सर्न दबाब दिएका छन्। तर विद्यालयमा पर्याप्त भवन र कक्षाकोठा रहेको स्वयम् विद्यालयका प्रधानाध्यापक सचिन थोकरले बताएका छन। विद्यालय व्यबस्थापन समितीले पनि विद्यालयमा बैंक राख्दा कुनै असर नपर्ने जनाएको छ । 


सानिमा बैंक मेलुङ शाखामा काङ्ग्रेसको राजनीति, सरकारलाई नै चुनौति

सानिमा बैंक भन्छ: बिद्यालय भवनमा बैंक छ तर बिद्यार्थी टहरामा छैनन


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved