माछापुच्छ्रे बैंकका ग्राहकलाई मेडिसिटि अस्पतालमा बिशेष छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 08:50:31 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  र नेपाल मेडिसिटि अस्पताल बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गर्नुभयो ।  

सम्झौता अनुसार बैंकका ग्राहकहरूले नेपाल मेडिसिटि अस्पतालका सेवाहरुमा ७% सम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुत्तानी गर्दा  पाउन सक्ने बैंकले जनाएको छ ।  

बैंकले ८७ वटा शाखाहरु लगायत ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३८ स्थानबाट बैंकिंग सेवा प्रदान गर्दै आईरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved