मेगा बैंकका ग्राहकलाई स्वास्थ्य सामाग्री खरिदमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2020 | 11:22:29 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited  का ग्राहकले स्वास्थ्य सामाग्री खरिदगर्दा छुट पाउने भएका छन् ।  बैंकका ग्राहकले महामारीबाट बच्न रिचार्जरमार्फत स्वास्थ्य सामाग्री खरिदगर्दा छुट पाउने भएका हुन् ।

पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रे लगायत विभिन्न सामाग्री खरिदमा बैंकका ग्राहकहरुलाई छुटको व्यवस्था गरिएको रिचार्जरले जनाएको छ । बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्डबाट इकमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउने जनाइएको छ । रिचार्जरको वेभसाइट तथा मोबाइल एप्समार्फत ग्राहकहरुले सामान अर्डर गर्न सक्ने जनाइएको छ । 

देशव्यापी लकडाउनको असहज अवस्था तथा कोरोनाको सम्भावित खतराबाट जोगिन सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved