हिमालयन बैंक Himalayan Bank Limited ले आर्थिक वर्ष ७५/७६ मा २ अर्ब ५४ करोड नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ७६ करोड कमाएकोमा बैंकको नाफा ८ प्रतिशतले घटेको हो ।
यस अवधिमा बैंकको वितरण योग्यमुनाफा १ अर्ब ३० करोड रहेको छ । यस हिसाबमा बैंकले करिब १४ प्रतिशत लाभांश बितरण गर्न सक्ने देखिन्छ । तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ ।
बैंकको निक्षेप १४.५१ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९.६६ प्रतिशतले बढेर १ खर्ब १ अर्ब पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेर ४ अर्ब ७५ करोड पुगेको छ । चुक्ता पुँजी ९ अर्ब ३७ करोड रहेको बैंकले रिजर्भमा ८ अर्ब १७ करोड राखेको छ । बैंकको खराब कर्जा १.०१ प्रतिशत रहेको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २७.१३, प्रति शेयर नेट वर्थ १८७.२०, मूल्य आम्दानी अनुपात १९.९१ गुणा, बेस रेट ८.३८ प्रतिशत, कोषको लागत ६.१८ प्रतिशत, सिसिडि ६६.८५ प्रतिशत, र पुँजी पर्याप्तता अनुपात १४.६७ रहेको छ ।