एन आई सी एशिया बैंकको नयाँ शाखा मुगुको गमगढिमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 05:57:25 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले मुगुमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले मुगुको छायाँनाथ रारा नगरपालिका २, गमगढि शाखा संचालनमा ल्याएको हो  । 

आज सोमबार छायाँनाथ रारा नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिजंग शाही एवं मुगु उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११५ शाखा कार्यालयहरु संचालनमा रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved