सानिमा लाईफ इन्स्योरेन्स लि.ले कम्पनीको व्राण्ड एम्बेस्डरको रुपमा नेपालका चर्चित कलाकार द्धय जितु नेपाल र स्वस्तिमा खड्का लाई दुइ वर्षका लागी अनुबन्धीत गरेको छ ।
कम्पनीका सञ्चालकहरुको उपस्थीतिमा कम्पनीका तर्फ बाट नायव महा प्रबन्धक केशव राज के.सी र कलाकार द्धय विच करार पत्रमा हस्ताक्षर भएको हो । उक्त करार बमोजीम कलाकार द्धयले कम्पनीको आफ्नो लक्षित जीवन बीमा को व्यावसायिक कारोबारको लागि प्रवध्र्रनात्मक विज्ञापनहरु, तथा अन्य कार्यक्रमहरु गर्ने छन् ।
कम्पनीले मङ्सिर २२ गतेदेखि सेवा सुभारम्भ गरेको थियो ।
कम्पनीको अधिकृत पुंजी ३ अर्ब रहेको छ जारि पुंजी २ अर्ब रहेको छ । जारि पुंजी २ अर्ब मध्ये १ अर्ब ४० करोड चुक्ता पुंजी रहेको छ । कम्पनीले आगामी दिनमा ६० करोडको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।