फेरी रुवाउने भो दशैले

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2016 | 01:06:09 PM मा प्रकाशित

laxmi  sunrise bank

गत बर्ष भारतीय नाकावन्दीले रुवाएको दशै यस पटक 'सरकार व्यवसायीविचको जुंगाको लडाइले रुवाउने सम्भावना वढेको छ  । काठमाडौँमा वसोवास गरिरहेको जनसंख्याको ठुलो हिस्साले दशै मनाउन काठमाडौँ छोड्ने तयारी गरिरहेको छ । यसैवेला काठमाडौँ छोड्ने मन वनाएका करिव ३० लाख जनसंख्याले विभिन्न अप्ठ्यारा संग जुध्नु पनि पर्ने छ ।

टिका कुरुम्बाङ्

यस अघि दशैको घटस्थापना सुरु हुनु भन्दा एक महिना अगाडीबाट खोलिने अग्रिम टिकट बुकिङ्को यस पालि पन्ध्र दिन मात्रै वाँकी छदा पनि टुंगो छैन।  सरकार, व्यवसायीलाई देखाएर  पानी माथिको ओभानो वन्न चाहिरहेको छ भने व्यवसायी सरकारप्रति चोर औला देखाउदै आफैतिर फर्किएका तीन औला प्रति वेखवर छन् ।

 तर यात्रुहरुका पीडा प्रति न सरकार सचेत छ, न त व्यवसायी नै। व्यवसायीलाई नाफाको एकछत्र चिन्ता छ भने सरकारलाई व्यवसायीलाई दिइएको अबैध कामको छुटबाट  प्राप्त हुने कमीसनको चासो छ । 

दशैमा यात्रुहरुले काठमाडौँ छोड्दा र भित्रीदा सहनु पर्ने पीडा सम्झीदै कहाली लागेर आउछ । बस भित्रको कोचाकोच त्यस माथी  हुने पाकेटमारी र लफडावाजी । अनि वसका चालक र सहचालकहरुको रुखो व्यवहार सम्झिदा त यात्रा नै नगरौ जस्तो लाग्छ । तर घरमा सेतै फुलेका  बा-आमाका आखा घटस्थापनाकै दिन बाट म आउने बाटो तीरै सोझीएका हुन्छन्। हरेक पटकको फोनवार्तामा ति ढुकुर जोडीका सन्तान भेट्ने लालसा पोखिएका हुन्छन् ।

अनि आफुलाई पनि दशैको निहुमा दात झरेर  खोप्रिएका बा आमाका गाला हेर्दै भविष्यको आफ्नो लख काट्ने सोचले पिरोली रहेको हुन्छ । आफै जन्मेको ठाँउ , आफुखेलेका चौतारी र पखेरी संग माया साट्ने औडाहाले भतभती पोलिरहन्छ । अनि मन के मान्दो हो, ज्यान भन्दा अगाडी गाँउ पुगी सक्छ । तर ज्यान भने नागढुंगा  नौविसे सडक खण्डमा डङ्ग्रडग पल्टीएको ट्रकले छेकेर नागढुंगाको डाँडाबाट  नौविसे सम्म लमतन्न रोकिएका गाडीको लामले छेकिएर 
वस्छ ।

वल्ल वल्ल त्यहाँ बाट फुत्कीयो ज्यान भने मुग्लिन नारायणघाटमा १३ घण्टा जाममा नबसी उसले के सुख पाओस् । घामले आलस तालस परेका केटाकेटीका कोलाहल तल त्रिशुलीको एकसुरको प्रवाह  आफै माथी घोप्टिएर चाँपुला जस्तै गरेको भीरमा दिन नगुजारी गाँउ पुग्नु त   गोरुगाडा चलाएर अमेरिका पुग्नु जस्तै हो। यी सव पार गरेर जिल्लाको सदरमुकामको वसपार्कमा फालिएको यो ज्यानलाई स्थानिय रुटका जीप वालाले दिने कष्ट त सम्झदै वाक वाकी सुरु हुन्छ । तिनले वोल्ने बोलि , अनि झोलाको तानातान त्यसमाथी स्थानिय धुलेसडकको कन्तविजोग ।

यी सव पार लगाउदै गाँउ पुगेको यो ज्यान बा आमा संग एकै भेटले पुन सिंचित हुन नपाउदै फेरि तिनै कष्ट भोग्दै काठ्माण्डौ भित्रि नै अभिशप्त छ । सायद मुग्लिन नारायणघाटको सडक खण्ड मै सधै वल्झीरहने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved