19 Aug, 2018 | ३ भदौ २०७५ | आइतवार




Bizpati Reporter

Follow us on

यस्तो छ नेपाललाई 'क्यासलेस कन्ट्री' बनाउने नेपाली मुलका अमेरिकन रिसर्चरको शाहको योजना

Posted on:July 20, 2018

citizen bank

(जय शाह)


के नेपाललाई विश्व कै पहिलो ‘क्यासलेस राष्ट्र (cashless country) बनाउन सकिन्छ ?

हो, अहिले विश्वको कुनैपनि देशलाई क्यासलेस बन्नलाई कुनै नयाँ प्रविधिको आविष्कार गर्नु पर्दैन । भएका प्रविधिहरुको सही तरिकाले सही ठाउँमा प्रयोग गरेर कुनै पनि देशलाई पूर्णरुपमा क्यासलेस बनाउन सकन्छि । आउनुहोस हेरौं कसरी विश्वभरी भएका काम लाग्ने प्रविधिहरुको मद्दतले एकदम कम खर्चमा नेपाललाई विश्वकै पहिलो क्यासलेस राष्ट्र कसरी बनाउने ?

नेपाल पूर्ण क्यासलेस हुँदा हुने फाइदाहरु जानी राखौं ः

१. पूर्णरुपमा भ्रष्टाचार उन्मूलन ।

२. राष्ट्रको ढुकुटीमा खर्बौं रुपैंयाको वृद्धि र त्यो सम्पत्तिको चोरी पूर्ण रुपमा बन्द ।

३. पूर्णरुपले गरीबी उन्मूलनमा सरकारलाई सफलता । 

४. पैसाको अभावमा भोकै सुत्नु, उपचार हुन नसकिने खाले दयनीय अवस्थको पूर्णरुपमा अन्त्य ।

५. यो देशको केही पनि हुन सक्दैन भन्ने मानसिकता को अन्त्य । 

६. पैसासँग जोडिएको सबैखाले अपराधको अन्त । चोरी, डकैटी, लूट, अपहरण, हत्या जस्तो सबै अपराधको अन्त ।

७. दाइजो प्रथाको पूर्णरुपमा उन्मूलन (एउटा सानो पूरक कार्यक्रम देशभरी लागु गरेपछि) ।

८. महिला वा अरु कसैमाथि हुने हिंसाको पूर्ण रुपमा अन्त्य (एउटा सानो पूरक कार्यक्रम देशभरी लागु गरेपछि)

९. अरु सबैखाले अपराध (बलात्कार र हिंसा) को अन्त्य (एउटा सानो पूरक कार्यक्रम देशभरी लागु गरेपछि)

१०. एउटा नयाँ नेपालको निर्माण

किन विश्वको अरु कुनै देश क्यासलेस बन्न सकेन अहिलेसम्म ?

विश्वका विकसित देशहरुमा अपाराध र भ्रष्टाचार धेरै कम छ र त्यहाँका जनता शिक्षित भएको  हुनाले अत्यधिक पैसा बैंकमा छ । बिकसित देशहरुलाई क्यासलेस हुनु कुनै आवश्यक नपरेको हुनाले तिनीहरुले अहिले सम्म कोशिश गरेको छैन । अमेरिकाले चाह्यो भने १ महिनामा पूर्ण क्यासलेस बन्न सक्छ । तर राजनीतिक कारणले गर्दा वा ज्ञान अभावमा क्यासलेस बनेको छैन । 

कम विकसित राष्ट्रहरु मध्ये क्यासलेस बन्नलाई सबैभन्दा ठूलो प्रयास छिमेकी राष्ट्रभारतले गरेको हो, दुई वर्ष पहिला । तर उनीहरु असफल भए । कारण, तिनीहरुले देशका शिक्षित वर्गलाई मात्र ध्यानमा राखेर क्यासलेसको प्रविधि प्रयोगमा ल्याएका हुन । भारताई पनि थाहा छ कि जबसम्म अशिक्षित वर्गलाई क्यासलेस बनाउन सकिन्न, तबसम्म देश पूर्ण रुपमा क्यासलेस हुन सक्दैन । तर सहि अनुसन्धानको अभावमा तिनीहरुले चाहिएको प्रविधिको विकाश गर्न सकेका छैनन । आउनुहोस हेरौं, के यस्ता कारणहरु छ जस्ले गर्दा अशिक्षित र गरीब जनताहरुले भएका प्रविधिहरुलाई मन पराएनन र भारत क्यासलेस हुन सकेनन ।

किन ग्रामिण अशिक्षित मान्छेहरुले पैसा प्रयोगमा ल्याउन मन पराउँछन ?

१. नगद रुपैंया एक मान्छेले अर्को मान्छलाई जति बेला पनि जहाँ पनि दिन सक्छ । पैसाको ट्रान्सफर पसलमा मात्रै हैन, बाटोबाटोमा, चोकमा, चौरमा, जहाँपनि हुन सक्छ । भएका टर्मिनलहरु एउटा पसलमा मात्रै सिमित छ । हामीलाई एउता यस्तो प्रविधि चाहियो जो मान्छेसँग २४ घण्टा होस । जतिबेला पनि पैसाको लेनदेन गर्न सजिलो हुने खाले प्रविधि हुनुपर्यो । र हाम्रो सेलफोन यस्को लागि सबभन्दा उपयुक्त हो ।

२. पैसा गाउँको ग्रामिण मानिसले रंगले चिन्न सक्छ । पढ्न लेख्न नजानेपनि हेरेरै कति पैसा हो भन्न सक्छ । कार्डले पसलमा किनबेच गर्दा तिनीहरुले केही पढ्न लेख्न सक्दैन । मोबाइलमा आउको एउटा मेसेज समेत पढ्न सक्दैन । हामीलाई यस्तो मोबाइल चाहियो जहाँ पढ्न लेख्न नजान्ने मानिसले पनि मजाले केही नपढीकनै पैसाको लेनदेन गर्न सकोस ।

३. पैसा लिनेदिने बेलामा ग्रामिण जनताले आफैले पैसा चिनेर गनेर लेनदेन गर्न सक्छ । कसैले ठग्न सक्छ भन्ने डर हुँदैन । तर डिजिटल प्रविधिमा लेनदेन गर्दा तिनीहरुलाई ठगिने डर हुन्छ, किनभने तिनीलाई प्रविधि बारेमा केही थाहा हुँदैन । अनि हामीलाई यस्तो फोन चाहियो जस्ले पैसाको लेनदेन गर्दा ग्रामिण जनताले पुरै कारोबारलाई आफ्नै नियन्त्रणमा गरोस । पसलेले केही गर्नै नपरोस । पसलेले पैसा चोर्ने डर हटाउनु पर्यो हामीले अबको नयाँ प्रविधिमा ।

४. ठूला बडाले बच्चाहरुलाई केहि किन्न ५–१० रुपैंया दिएर जतिबेला पनि पठाउन सक्ने फाइदा अहिलेको कार्डबाट हुने कारोबारमा हुन सक्दैन । ठूलाबडाले बच्चाहरुलाई कार्ड दिएर पठाउन डराउँछ ।

५. नगद पैसा एक जनाले दोश्रो मान्छलेलाई दिएर तेस्रो मानिसलाई पैसा देउ भन्न मिल्छ । कार्डमा त्यो प्रणाली छैन । कार्डलाई आफैले प्रयोग गर्नुपर्छ । अरुलाई दिएर जनकपुरबाट काठमाण्डौं पठाउन सकिन्न । अनि यति बेला हामीलाई सबै नेपालीको आफ्नो र परिवारको संयुक्त बैैक एकाउण्ट चाहिन्छ जुन सबै जनाको फोनसँग सिधा सम्पर्कमा होस ।

६. चाहिएको बेलामा घरमा कति पैसा छ भनेर हेरेर सन्तुष्टि हुन्छ । बैंकमा पैसा कति छ, केही भयो कि ? ब्यालेन्स हेर्न बैंक जानु पर्ने झण्झट । बैंकको चक्कर धेरै चोटि लागउनु भर्ने झण्झट । पूर्ण क्यासलेस भएपछि कसैलाई बैंक जानै पर्दैन । आउने पैसा आफै आउँछ र जाने पैसा आपैm जान्छ । हेरेर, सुनेर बैंक खाता अपडेट कुनैपनि बेलामा लिन सकिने प्रविधिको प्रयोग ल्याउनु पर्यो । काम जति अनलाइन हुन्छ, बाटोमा त्यति ट्राफिक जामको समस्या पनि कम हुन्छ ।

किन ग्रामिण जनतालाई अहिले भएको कुनै प्रविधि मन पर्दैन ?

१. भरोसाको अभाव – पसलेले, बैंकले, अनलाइन ह्याकरले मेरो पैसाको हिनामिना गर्ला कि ? यो ठूलो डरले गर्दा धेरै मानिसहरु डिजिटल प्रविधि मन पराउँदैनन ।

२. सबै ठाउँमा क्रेडिटकार्ड टर्मिनल राख्नलाई चाहिने तारसहितको इन्टरनेट र विजुलीको अभाव ।

३. स्मार्ट फोन चलाउन नजान्ने कारणले गर्दा ।

४. डिजिटल कारोबार गर्दा धेरै कुरा पढ्नु पर्ने झण्झट । रसिद सबै जोगाएर राख्नुपर्ने ।

५. अति नै झण्झटिलो प्रविधिहरु भएका कारणले मन नपराएको ।

ग्रामिण जनताको सबै समस्याका उपाय

ग्रामिण जनताले अहिले चलाई रहेको सानो फोनहरुको ठाउँमा अलि विकसित नयाँ ठूलो इन्टरनेट चल्ने सस्तो फोन दिएर यो सबै समस्याको समाधान निकाल्न सकिन्छ । यो साधनले फोनको पनि काम गर्छ, एटिमटि (anytime money transfer) को पनि काम गर्नेछ । आउनुहोस हेरौं यो नयाँ ‘पाटेन्टड’ अवधारणामा के यस्तो छ जस्ले गर्दा केही पढ्न लेख्न नजान्ने, र अन्धो मानिसले पनि क्यासलेस कारोबार गर्न सक्छ । 

१. मोबाइलको सबै अंकहरुलाई एउटा अलग रंग दिने, अनि पिन नम्बरको सट्टामा पनि पिन रंग प्रयोग गर्ने प्रविधिको शुरुवात । खाता नम्बरको सट्टामा खाता रंग प्रयोग गर्ने प्रविधिको शुरुवात ।

२. ध्वनि रिकर्ड गर्ने र स्पीकर ।

३. पैसाको जति लेनदेन भएको छ सबैको रिसिप्ट जम्मा गर्न सक्ने प्रविधि ।

४. RFID tag  र रिडर ।

५. QR स्क्यान कोड र बारकोड सबै फोनको पछाडि हुने ।

६. मोबाइल नेटवर्क, वाइफाइ, ब्लुटुथ भएको ।

७. दुइवटा एसओएस बटन, एउटा आकस्मिक कामको लागि र अर्को खाना र उपचारको लागि ।

८. जिपिएस प्रविधि ।

९. खाता रंग पछाडि वा दायँबायाँ छापिएको ।

१०. केहि अलग बटनहरु जसमा नेपालमा भएको सबै नोटको फोटो क्रमिक रुपामा छापएिको ।

यो नयाँ फोन ग्रामिण जनताले कसरी चलाउन सक्छ ?

मानौं कि दुइजना ग्रामिण जनता एकआपसमा लेनदेन गर्न खोजिरहेकोछ । यो अवस्थामा दुबैले एक अर्काको फोन नजकि ल्याउँदा प्रविधिको सहयोगले, फोनले एउटाको खाता नम्बर तुरुन्त अर्कोमा देखाउने छ । त्यसपछि, पैसा पठाउनु पर्ने मानिसको पैसोको फोनको बटन थिचेर चाहिए जति पैसाको डाटा फोनमा हाल्नुपर्छ । फोनको स्क्रीनमा त्यो पैसोका फोटो पालैपालो निस्किने छ, जसले गर्दा पठाउने मासिनले पैसा गन्न पाउने छ । बटन थिच्ने बेलामा र पैसा स्क्रिनमा चलिरहेका बेलामा फोनले गनेर यति रुपैंया भयो भनेर बोल्दछ । र अन्तिममा के फलानो फलानो मानिसको खातामा यति रुपैंया पठाउँदै हुनुहुन्छ भनेर सोध्ने छ । 

अनि खाताको पनि रंग हालेपछि रुपैंया एकबाट अर्कोमा जानेछ । यो मोबाइलको सफ्टवेयर यसरी बनाइएको हुन्छ कि १५–२० दिनमा एकचोटि इन्टरनेट भए पुग्छ । सँधै इन्टरनेट चाहिँदैन, अनि पैसा प्राप्त गर्ने मासिनले त्यहि तरिकाले पैसा सुनेर, हेरेर गन्न मिल्छ । केही पनि पढ्नु पर्दैन । दुबै कारोबारमा कसैलाई पनि पढ्नु पर्दैन । यही मोबाइल लिएर ग्रामिण जनता पसलमा किनबेच गर्न जाँदा, पसलसाहूको खाता रंगर हेरेर मोबाइलमा राखेर पैसा पठाउन मिल्छ । पसल साहुको गाउँलेको फोनमाथि कुनै नियन्त्रण हुँदैन । सबैले आफ्नो खाताको अवस्था जतिबेला पनि मोबाइलकै मार्फत बुझ्न सक्छ । कसैलाई सोध्नु पर्दैन । बैंक जानु पर्दैन । दिनमा १०० चोटि पनि हेर्न बुझ्न मिल्छ ।

क्यासलेस राष्ट्रमा सहयोग गर्ने अरु बैकल्पिक प्रणालीहरु 

१. बैंकहरुले र विशेष २४ घण्टे कल सेन्टरहरुले जनतालाई आकस्मिक क्यासलेस कारोबार गर्नमा पनि मद्दत गर्न सक्छ । यो चाहि एउटा ब्याकअप भयो ।

२. भारतमा भएको भिम जस्तै प्रविधि पनि ल्याउन सकिन्छ । अर्को विकल्प ।

३.  भारतमा भएको आधार जस्तो प्रविधि पनि ल्याउन सकिन्छ । अर्को विकल्प ।

४. मैले विशेष रुपमा पत्ता लगाएको पढ्न लेख्न नजान्ने मानिसको लागि चेकबुक अर्को विकल्प हो ।

५. सार्वजनिक स्थानहरुमा बैंक र सरकारद्वारा उपलब्ध गराएका एटिएमटि ।

सार्वजनिक स्थानहरुमा एटिएमको सट्टामा एटिएमटि – 

क्यासलेस राष्ट्रमा नगद निकाल्न एटिएमको कुनै काम छैन । अब हामीलाई चाहियो एटिएमटि, कसैको फोन बिग्रेको बेलामा, सार्वजनिक ठाउँमा बैंक र सरकारले एउटा खाताबाट अर्कौ खातामा नगद पठाउनको लागि एटिएमटि राख्नु पर्ने हुन्छ । यस एटिएमटिमा पैसा राख्नु नपर्ने भएको हुनाले सुरक्षा पनि चाहिँदैन ।  एउटा सानो प्लाष्टिक बाकसले पनि एटिएमटिको पुरै काम पुरा गर्न सक्छ । एउटा एटिएमको मुल्यमा १० हजार एटिएमटि बनाउन सकिन्छ ।

इन्टरनेट, फोन, बिजुली जस्तै केही काम नगर्दा देशमा आपतको बेलामा के गर्ने ? 

माथि भनेको पढ्नेलेख्न नजान्ने मासिनहरुको लागि विशेष चेकबुकको प्रयोग ।

र अर्को विशेष क्रेडिट लिमिटको व्यवस्था सबैजनाको लागि ।

सबैजनाका लागि क्रेडिट लिमिटको व्यवस्था

पुरै प्रणालि ठप्प भएको अवस्थमा एउटा पसलेले जतिपनि ग्राहक आउँदा सबैलाई एउटा न्यूनतम उधारो दिन सक्ने व्यवस्था बैकिल्पक उपायमा राख्नु पर्यो । यदि कुनै कारणबस प्रणाली बिग्रेको छ भने पसलेले दुइ महिना सम्म अति आवश्यक सबै सामान उधारो दिनुपर्ने हुन्छ । र सरकारले पसलको रिकर्डमा हेरेर उनीहरुकै खातामा पैसा पठाइदिने प्रणलि बनाउनुपर्ने हुन्छ । बिना इन्टरनेटको पनि यो मोबाइलले काम गर्न सक्ने हुनाले यो अवस्था आउन सक्ने सम्भावना एकदमै न्यून छ । तर यस्तो प्रणाली बनाएर विकल्पमा राख्न सकिन्छ ।

जागिर नभएका गरीबको लागि बाँच्न पाउने अधिकारको व्यवस्था 

कसैको खातामा पैसा छैन, मानिस एकदम गरिब छ भने एसओएस बटन थिचेर मानिसले उधारो पैसा बैंकबाट ऋण लिने व्यवस्था हुनुपर्छ । र त्यो पैसा खाना बेच्ने पसलको रजिष्टर्ड खातामा मात्रै खर्च गर्न पाइने व्यवस्था मिलाउनु पर्छ । यस्को सबैभन्दा ठूलो फाइदा देशमा कोहि पनि भोकै सुत्नु पर्दैन । सरकारले पैसा उधारो दिएपछि उसालाई काम दिने प्रणालीको निर्माण सरकारको दोस्रो ठूलो प्राथमिकता हुनेछ ।

क्यासलेस समाज बनेपछिका बैंकिंग प्रणाली 

सबै बैंकहरु आन्तरिक रुपमा इन्टरनेटको मार्फतले डाटा ट्रान्सफरको लागि राष्ट्रबैंकको पहुँचमा हुनुपर्ने प्रणाली बनाउनु पर्ने हुन्छ । राष्ट्रबैंकले सबै बैंकसँग जनताको खाताको अवस्था जानकारी पाउनको लागि चाहिएको बेलामा सूचना पायो भने कसको खातामा कति पैसा र कति कर्जा छ भनेर डाटा छिटै पाउन सकिन्छ । यस्तो व्यवस्था अहिले अमेरिकन बैंकिग प्रणालीमा छ । र यो धेरै ठूलो पनि हैन । यसका लागि सफ्टवेयर बनाए पुग्छ ।

पूर्णरुपमा गरिबी उन्मूलन 

यो प्रणाली बनाइसकेपछि सरकारले जतिबेलापनि देशमा सबभन्दा कम पैसा कमाउने र पैसा नै नकमाउने मानिसको तथ्यांक निकालेर मन्त्रालयहरुलाई वा स्थानीय निकायहरुलाई गरीब जनताहरुको लागि दैनिक या मासिक रोजगारका व्यवस्था गर्न एकदमै सजिलो हुनेछ । एउटा सरकारको सबभन्दा ठूलो उपलब्धि भनेको एउटा यस्तो प्रणालीको व्यवस्था हुनु हो, जस्मा चाहिएको बेलामा गरीब भन्दा गरीब मानिसको र धनी भन्दा धनी मानिसको तथ्यांक नाम लेखेर पनि उपलब्ध हुन सक्छ । यो प्रणालीको विकास भएपछि नेपालमा मात्रै होइन, विश्वको कुनैपनि देशमा गरीबि निवारण गर्न सकिन्छ ।

अनलाइन ठगी र खाताको गोपनीयता प्रणाली 

पैसा एक खाताबाट अर्को खातामा जाने हुनाले र कसैले पैसा निकाल्न नसक्ने व्यवस्था भएको हुनाले खाताबाट पैसा चोरी हुने कुराको सम्भावना अति न्यून छ । साथसाथै खाताको सुरक्षाको लागि बढी पैसा भएको मानिसको लागि पैसा जम्मा राख्ने एउटा खाता र खरीदबिक्री गर्ने अर्को खाता, एउटा मास्टर खाताको मुनि छाताको रुपमा राख्न सकिने अमेरिकन बैकिग प्रणालि जस्तै व्यवस्था यहाँ पनि मिलाउन सकिन्छ ।

दाइजो प्रथा उन्मूलन, महिला विरुद्धको हिंसा, बलात्कार र अन्य सबैखाले अपराध रोक्ने उपाय

यो प्रोजेक्ट नेपालमा चलाउन म नेपाल सराकारलाई मेरो पेटेण्ट र समय एक पैसा नलिएर दिन तयार छु । तर सरकार सामू मेरो एउटा शर्त हुनेछ – देशबाट दाइजो प्रथा सँधैको लागि समाप्त गर्न र अरु सबैखाले अपाराध रोक्ने (प्रविधिको सहायताले) । सरकारले एउटा दाइजो प्रथा उन्मूलन समिति बनाउनु पर्नेछ र त्यो समितलाई चाहिए जति सबै अधिकार दिनुपर्ने हुन्छ । मैले दाइजो प्रथामाथि पाँच वर्षसम्म अनुसन्धान गरेका हुँ । र दाइजो प्रथा सँधैको लागि उन्मूलन गर्ने पूरा उपाय मसँग छ । र छिटै यो विषयमा मेरो किताब प्रकाशित हुँदैछ । 

यो महाअभिायान पुरा गर्नमा के के अप्ठेरो आउन सक्छ ?

पैसाको हिसाबले हेर्ने हो भने नेपाल सरकारको एक रुपैंया खर्च नगरेर पनि नेपाललाई क्यासलेस र दाइजो प्रथामुक्त राष्ट्र बनाउन सकिन्छ । चाहिएजति शिक्षित युवा हामीसँग छ । सफ्टवेयर र हार्डवयेर सबै भारतबाट आयात गर्न सकिन्छ । चाहिएजतकिो सबै प्रविधि विश्वभरी छ र यसको लागि हामीले केही नयाँ आविष्कार गर्नु पर्दैन । समाजमा पहिलेदेखि उपलब्ध प्रविधिहरुको व्यवस्थित तरिकाले उपयोग गर्न सके भने यो महाअभियान पुरा गर्न सकिन्छ । तर सबभन्दा ठूलो समस्या भनेको पहिले देखि करोडौं अर्बौंको भ्रष्टाचार गरेर आफ्नो पेट पालिरहेका देश संचालन गरीरहेका ठूला पदका अधिकारीहरुले अब भ्रष्टाचार गर्न नपाइने भन्ने डरले यो अभियानलाई आफ्नो समर्थन दिन नसक्ला । पुरै सरकार उनीहरुकै नियन्त्रणमा छ । यो लेख प्रकाशित भइसकेपछि अब सबै कुरा नेपाली संचार माध्यम र जनता माथि निर्भर छ । नपाली जनताले भ्रष्टाचार र गरीबि मुक्त नयाँ नेपाल बनाउने इच्छा छ भने सरकारले यो नेपाललाई क्यासलेस बनाउने प्रोजेक्टको लागि अनुसन्धान समिति बनाउनै पर्छ । जनताको इच्छा छैन भने अर्को हप्ता म फर्केर अमेरिका गइरहेको छु ।

लेखक जय शाह नेपाली मुलका अमेरिकन नागरिक रिसर्चर हुन् । 


Share your thoughts!

Loading...

Trending