५० सेयर ब्रोकर, १५ लाखबढी लगानिकर्ता, कहिलेसम्म ३० करोडवालाको सिण्डिकेटमा २० खर्बको बजार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 03:41:30 PM मा प्रकाशित

laxmi  sunrise bank

रोहन शर्मा

सँधैजसो आफ्नो म्यासेज बक्समा आउने यस्ता म्यासेज पढ्दा साँच्चैनै मन अमिलो हुन्छ। आम लगानिकर्ताका भोगाईका केहि प्रतीनिधी घटनाहरुलाई आजको बिषय बनाएँ। 

"केहि समय अगाडी मैले मेरो ब्रोकरलाई फोनबाट १०० कित्ता सानाकिसान बैंकको सेयर खरिदको लागी आदेश दिएँ। त्यो दिन खरिद भएको जानकारी आएन। त्यसको एक साता पछी ब्रोकर अफिस पुग्दा मलाई क्लोज आउट बापत ३२००० तिर्नु पर्ने कुरा सुनाईयो। हप्ता दिन अगाडी मैले किन्नु भनेर दिएको खरिद आदेशमा ब्रोकरले बिक्री गरिदिएछ। मसँग खरिद आदेशको प्रमाण नभएको कारण मैले २०% फाईन तिर्न पर्‍यो। हुन त मैले दिएको बिक्री आदेशको प्रमाण पनि ब्रोकरसँग नभएको हुँदा मैले पनि किचलो गर्न सक्दथें तर मैले त्यसो गरिन।  

"एक पटक ब्रोकर कम्पनीमै भएको मेरो डिम्याट खाताबाट एउटा कम्पनीको सेयर गायब भयो। ब्रोकरसँग कुरा गर्दा मिसप्लेस भएको रहेछ फेरी किनेर दिउँला भने। मेरो खातामा भएको सेयर मिसप्लेस कसरी, जबकी मैले DIS नै दिएको छैन? निकै ढिला गरेर सोधभर्ना गरीदिए।"

"खरिद गर्दाको अवस्थामा भोलीपल्टै खरिद रकम ताकेता गर्ने ब्रोकर बिक्री गरेको पैसा दिन भने एक महिनासम्म लगाउँछन्। मैले आफ्नो सम्पती बेचेको पैसा उनिहरु आफ्नै खल्तीबाट दिनु पर्‍या जस्तो गर्छन्।"

"हामी सानालाई त लगानिकर्तानै मान्दैनन् । सानो सानो रकमले भनेकै बेला सेयर खरिद बिक्री गर्न पाउनु हामिलाई चिट्ठा परे जस्तै हो।""ब्रोकरहरु आफ्नै मात्र फाईदाको लागी मात्र मुख्य मुख्य शहर केन्द्रीत भए । हामी दुर दराजका चाहिं लगानिकर्ता हैनौं? सेयर बजार भनेको ब्रोकरको सुबिधाको लागी मात्र हो?" 

"ब्रोकरबाट साह्रै धोका पाईयो, बरु डिपार्ट्मेन्ट स्टोरलाई ब्रोकर लाईसेन्स दिए हुन्थ्यो। कमसेकम ठाउँको ठाउँ हिसाब किताव क्लियर त हुन्थ्यो!"

मोनोपोली मार्केटमा उपभोक्ताको लागी बिकल्प नहुने हुँदा यो अवस्थामा उपभोक्ता ठगिन्छन् । माथी उल्लेखित समस्याको समाधान भनेको बैंकलाई ब्रोकर लाईसेन्स प्रदानका साथै ब्रोकर सँख्या थप गर्नुनै हो । यथास्थितीमै रहने हो भने आउँदा दिनमा यस्ता समस्याहरु अझै थपिंदै जानेछन्। अब धेरै ढिला भैसक्यो, अब पनि यही क्रमले निरन्तरता पाउने हो भने ५० ब्रोकरको सिण्डिकेटले बजारलाई उँधो गतीतिर लैजाने पक्का छ। 

सबै ब्रोकर खराब छैनन्, धेरै कम ब्रोकरले लगानिकर्तालाई ब्यवस्थित तवरले सेवा सुबिधा दिंदै आएका छन्। ब्रोकरहरुलाई मार्केट डिलर , मार्जिन ल्याण्डिङ लगायतको काम गर्न अनुमती दिईयोस्। उनिहरुको दायरा फराकिलो बनाईयोस् । क्षमता हुनेले काम गर्छन्, नहुने पलायन हुन्छन्। 

हाल न्युनतम २० लाख पुँजी देखी सँचालनमा रहेका सबै ब्रोकरहरुको पुँजी जोड्दा करिव ३० करोड हुन आउँछ । दैनिक कारोबारले अर्ब नाघिसक्यो। बजार पुँजीकरणनै २० खर्बको हाराहारीमा छ। आफुले गरेको कारोबारको समयमै राफसाफ गर्न नसक्दा ३ दिनसम्म आउट हुने गरेका छन्, सेकण्ड सेकण्डको महत्व हुने बजारमा यसबाट लगानिकर्ता ठुलो मारमा पर्ने गरेका छन्। ५० सेयर ब्रोकर, १५ लाखबढी लगानिकर्ता, कहिलेसम्म ३० करोड वालाको सिण्डिकेटमा २० खर्बको बजार ?

खुल्ला र प्रतिस्पर्धात्मक बजार अबको आवश्यक्ता हो। मेरो बाजे पनि ब्रोकर थिए, बाबु पनि ब्रोकर नै थिए, अनि म पनि ब्रोकर नै हुँ ,ब्रोकिङ बिजनेस हाम्रो मात्रै निजी सम्पती हो, हाम्रो पेन्सन हो भन्ने परिपाटीबाट गुज्रीएको बजारमा प्रतिस्पर्धा लागु नभएसम्म बजारको समुचित बिकास हुन सक्दैन।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved