टोयटा गाडीको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले इटिओस प्लाटिनम र इटिओस लिभालाई नेपाली बजारमा भित्र्याएको छ। यसअघि ल्याइएका इटिओस २८० युनिट बिक्री भएको र लिभा २७० वटा बिक्री भएको युनाइटेड ट्रेडर्स सिन्डिकेटका मार्केटिङ प्रमुख विवेकबहादुर बलामीले जानकारी दिए।
कम्पनीले नयाँ गाडी सहित नयाँ अफर समेत सार्वजनिक गरेको छ। दुई लाखसम्मको नगद छुटसहित स्पट एक्स्चेन्ज र एक्स्चेन्जमा ५० हजारसम्म छुटको व्यवस्था गरिएको युनाइटेडले जनाएको छ। २० हजार किलोमिटर वा दुई वर्षको वारेन्टी यी गाडीमा दिइएको छ।
इटिओस् प्लाटिनमको ग्राउण्ड क्लियरेन्स १७० मिटर र माइलेज २०.३२ केएमपिएल रहेको छ। इटियस लिभाले २३.५९ केएमपिएल माइलेज दिने र ग्राउण्ड क्लियरेन्स १७० मिटर रहेको कम्पनीले जनाएको छ।