सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव योजनाका विजेता घोषित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2017 | 09:23:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव योजनाको दोस्रो साताका बिजेताहरु घोषित भएका छन्। कम्पनीले विद्युतीय लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो।

प्रेम बहादुर आले मगर, ललिता राई, लोक राज शर्मा, राम प्रीत केवत, शोभा थापा मगर, अनुजा भट्टराई, समझना ढकाल र सुनिता महर्जन चाँदीको सिक्का विजेताका रुपमा छनोट भएका छन्। त्यसैगरी, चिरा कुमारी शर्मा ओप्पो फोन विजेताका रुपमा छनोट भएकी छन् ।

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे छ। कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिनसम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो ।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन्। त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन्। कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दूबै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved