८ जनाले जिते वेस्टर्न युनियनको सामसुङ ग्यालेक्सी जे सेभेन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 06:04:02 PM मा प्रकाशित

laxmi  sunrise bank

वेस्टर्न युनियनले चाडपर्वको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’ नारा सहितको योजनाको सबै विजेताहरुको नाम घोषणा गरेको छ । कम्पनीले  ‘सम्बन्धको उत्सव’ अभियान अन्तर्गत सामसङ जे७ प्रो जित्ने विजेताहरुकोे नाम सार्बजनिक गरेको हो । 

प्रत्येक साता अभियानभर गरिएको लक्की ड्रमार्फत अर्जुन ओली , कैलाश ज्ञवाली, आशा मगर, प्रकाश जोशी, गोविन्द दास श्रेष्ठ, धन धोज लिम्बु, सुक माया मोक्तान  र अब्दुल करीम मियाले सामसङ जे ७ प्रो जित्ने भाग्यशाली बिजेताहरु भएको कम्पनीले जनाएको छ। 

कम्पनीले सामसङ मोबाइल प्रत्येक साता दिनुका साथै  यस अभियान अन्तर्गत दैनिक रुपमा विजेता ग्राहकहरुलाई ५० देखि ५०० सम्मको रिचार्ज ब्यालेन्स प्रदान गर्दै आएको बताएको छ। यो योजना यहि भदौ १८, २०७४ देखि सुरु भई कात्तिक ११ सम्ममा सम्पन्न भएको जनाइएको छ।

यो योजनामा वेस्टर्न युनियनका सात वटा मुख्य एजेन्टहरु अन्नपुर्णा ट्राभल, सि.जि फिन्को, हुलास रेमिटेन्स, माया रेमिट, नविल बैंक, डिजिटेक र सुर्य रेमिटले सेवा प्रदान गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved