दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत नगद रु. १० लाख राशीको पहिलो बम्पर उपहार अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ। आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराजपौडेल र प्रवन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक न्यौपानेलाई प्रदान गरेका हुन् ।
कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो ।सेवाग्राही थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिका न्यौपानेलाई उक्त बम्पर उपहार प्रदान गरिएको कम्पनीले जनाएको छ ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्मपु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६०आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।