इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले तीनको तड्का नामक अफर ल्याएको छ। वर्ल्डलिंकले भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहक योजना सुरुवात गरेको जनाएको छ।
तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छुट प्रदान गर्ने , सबै प्याकेजका बार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निशुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हालको ५ एमबीपीएसको प्याकेज लाई दोव्बर गरि १० एमबीपीएसको प्याकेज मा रुपान्तर गर्ने जनाईएको छ।
पहिले देखिनै ५ एमबीपीएसको सेवा चलाईरहेका ग्राहकहरुले यो योजना अन्तरगत स्वतः १० एमबीपीएसको सेवा पाउने छन। ५ एमबीपीएसको सेवा लिनचाहने ग्राहकहरुलाई बार्षिक रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, योजना अन्तरगतको छुट सहित जडान खर्च, राउटर तथा फाईवर तारको शुल्क बुझाउन नपर्ने कम्पनीले जनाएको छ। साथै ३ महिनाका लागि निशुल्क नेट टिभि समेत समावेश गरेको छ ।
वल्र्डलिंकको २५ एमबीपीएसका प्याकेजको खरिदमा एक वर्षको भुक्तानी तथा नविकरण गर्दा प्याकेजमा छुटका साथै ६ महिनाको लागि निःशुल्क नेटटिभी को सेवा लिन सकिने कम्पनीले जनाएको छ। ५० एमबीपीएसको प्याकेजको खरिदमा बार्षिक भुक्तानी तथा नविकरण गर्दा १ बर्षकै लागि निशुल्क नेटटिभी तथा छुट समेतको योजना रहेको छ।
मुख्य उद्धेश्य ग्राहक लक्षित भएकाले ग्राहकलाई प्रदान गर्ने सेवा सर्वसुलभ बनाउने, जहा पनि सबै समय सबैलाई जोडने लक्ष्य अनुसार तीनको तड्का ग्राहक योजना तीन महिना सम्म लागू हुने कम्पनीले जनाएको छ।