एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 24, 2017 | 04:18:13 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ। जस अन्तर्गत एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन पाउने छन्। नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन्।

नयाँ भ्वाइस प्याकहरु बिहीबारदेखि ९० दिनको लागि संचालनमा आएको कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्नेछन्। एनसेलका अनुसार अब तीन दिने भ्वाइस प्याक पनि सुचारु भएको छ।

दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले कर सहित १५ रुपैयाँमा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकले साप्ताहिक भ्वाइस प्याकमा कर सहित ७० रुपैयाँमा १२० मिनेट तथा ३० रुपैयाँमा ५० मिनेट टक टाईम रहेको तीनदिने भ्वाइस प्याक खरिद गर्न सक्नेछन्।

नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले ३०० रपैयाँमा ७०० मिनेट टक टाइम प्राप्त गरी ४३ पैसा प्रतिमिनेटको दरमा भ्वाइस सेवाको मजा लिन सक्छन्।दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेकोछ। त्यस्तै साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीनदिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको छ।

प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागू हुने बताइएको छ। विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित २ रुपैयाँ ५० पैसा प्रतिमिनेट शुल्क लाग्दछ। भ्वाइस प्याकअन्तर्गतका टक टाइम एनसेल नेटवर्कभित्र लागू हुनेछ।कम्पनीका अनुसार पहिला नै संचालनमा रहेका भ्वाइस प्याकहरु यथावत रहेको छ।

‘ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार जति पटक पनि यि प्याकहरु लिन सक्छन्’ एनसेलका कर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भने ‘युएसएसडी, आइभिआर, एसएमएस, एनसेल एप कुनै पनि माध्यमबाट भ्वाइस प्याक खरिद तथा सुचारु गर्न सकिनेछ।’

एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार आफ्नो आवश्यकताबमोजिमको भ्वाइस प्याक सुचारु गरी लाभ लिन सक्ने उनले बताए।

आईभिआर मार्फत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी अनुसार सेवा सुचारु गर्न सकिन्छ। त्यस्तै ग्राहकले १७११८ मा आफूले लिन चाहेको प्याकको मुल्य टाइप गरी एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन्।

दैनिक प्याको लागि ग्राहकले १५, साप्ताहिक भ्वाइस प्याकको लागि ७०, मासिक भ्वाइस प्याकको लागि ३०० र तीन दिने भ्वाइस प्याकको लागि ३० लेखेर १७११८ मा एसएमएस गर्नुपर्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved