शिवम् सिमेन्टको कीर्ति समारोह सम्पन्न

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 07, 2018 | 08:14:20 PM मा प्रकाशित

laxmi  sunrise bank

हरेक वर्ष झै शिवम् सिमेन्टले यस बर्षपनि आफ्नो ‘कीर्ति समारोह २०७४’ भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडौंको पाँचतारे सोल्टी होटेलमा सम्पन्न उक्त समारोह मार्फत शिवम् सिमेन्ट लिमिटेडले आफ्नो उत्कृष्ट ६४ डिलर तथा बिक्रेताहरुलाई नेपाल भरिका करिब ५०० डिलरहरुका बीच विभिन्न विधाका अवार्डबाट सम्मानित गरेको हो।

मनोरञ्जनले भरिपूर्णउक्त समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । राष्ट्रिय कलाकारहरुमा स्वस्तिमा खड्का, हेमन्त राना, कार्टुन क्रुज जस्ता लोक प्रियनामहरु समावेश थिए भने अन्तर्राष्ट्रिय कलाकारमा भारतीय सुपरिचित हास्यवंग्य कलाकार डा. महसुर गुलाटी अर्थात सुनिल ग्रोबरको प्रस्तुती रहेको थियो । उक्त समारोहलाई संचालक द्धय नरेश भट्टराई तथा रिमा विश्वकर्माले निकै रोचक शैलीमा पस्केका थिए ।

उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोएलले आफ्ना सम्पूर्ण बिक्रेता तथा डिलरहरुलाई अझ मेहेनत गरी लगनका साथ शिवम् सिमेन्टलाई नेपालको मात्र नभई दक्षिण एसिया कै नं. १ सिमेन्ट बनाउनका लागि पहल गर्न आग्रह  गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved