आईएमईको दशैं लक्षित “आईएमई हात हुँदैन खाली” योजना शुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2016 | 09:11:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लिमिटेडले दशैलाई लक्षित गरी उपभोक्ता माझ 'आईएमई हात हुँदैन खाली' नामक योजना सार्वजनिक गरेको छ। सो योजना असोज १ देखि ३० सम्म लागु हुने कम्पनीले जनाएको छ। 

नजिकिदै गरेको दशैँलाई प्राथमिकतामा राखेर ल्याइएको सो योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२ सय भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् । 

यस योजनाबाट विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ। साथै विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ। 

यस योजना अन्तर्गत ग्राहकले निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले तीन सयको  चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ। साथै साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईनेछ । यस योजनाबाट लाखौँ सेवाग्राही लाभान्वित हुने विश्वास आईएमईले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved