रुपन्देहीमा टेलिकमको नयाँ एक्स्चेन्ज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2016 | 09:04:32 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमको नयाँ एक्सचेन्ज सञ्चालनमा आएको छ । बुधवार एक कार्यक्रमबीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की) ले सो एक्सचेन्जको उद्घाटन गरे। मन्त्री कार्कीले नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गरे। 

सो अवसरमा माननीय मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट कम गर्न सकिने कुरा बताए।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताउँदै 3G सेवालाई प्रत्येक क्षेत्रमा पु¥याउन र 4G सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताए।

नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवाका निर्देशक सिद्धप्रताप भारतीको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा सो क्षेत्रका जनसमुदाय, पत्रकार तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आज उद्घाटित नहरपुर एक्सचेन्ज ९६ लाइन क्षमताको रहेको छ । यस मध्ये ६४ लाइन टेलिफोन (Voice) र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ । अब सो क्षेत्रका ग्राहकहरु पनि टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका छन् । लामो समयदेखि प्रतिक्षारत ग्राहकले समेत सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले कम्पनीले विभिन्न स्थानमा यस्ता एक्सचेन्ज स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved