रिचार्जरमा होलीको टीसर्ट १ रुपैंयामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2019 | 03:55:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैंयामा टीसर्ट उपलब्ध गराउने भएको छ । रिचार्जरका अनुसार यो अफर पाउन बुधबार र बिहीबारको होलीका लागि सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्मा रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्ने हुन्छ । यसरी १ रुपैंयामा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २०० क्यास व्याकको प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २०० क्यास व्याक सहित १ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिने कम्पनीले जनाएको छ  ।  

कम्पनीका अनुसार गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै १०० क्यास व्याक पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास व्याक पाइने छ । क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved