ओेपोको आर्थिक बृद्धिदर सबैभन्दा उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 11:57:44 AM मा प्रकाशित

laxmi  sunrise bank

ओपो स्मार्टफोन ब्राण्डको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बृद्धिदर भएको कम्पनी घोषित भएको छ । गत महिना काउन्टरपाईण्ट रिसर्चले ओपोलाई बिश्वमै सन् २०१८का लागि प्रिमियम सेग्मेन्टमा सर्वाधिक बृद्धिदर भएको कम्पनी घोषित गरेको हो । 

कम्पनीले ८६३% बृद्धिका साथ प्रिमियम श्रेणाीमा ६% बजार हिस्सा ओगट्न सफल भएको छ । यो बृद्धिदरका लागि नयाँ बजारहरुमा प्रवेश, क्यारियर पार्टनर्ससंगको सहकार्य लगायत विभिन्न कारक तत्वहरु रहेतापनि प्रमुख कारणका रुपमा कम्पनीको उत्पादन नै रहेको रिसर्चले बताएको छ। ओपोको कम्पनी तथा समग्र स्मार्टफोन उद्योगकै लागि हाइलाइटका रुपमा ओपो फाइण्ड एक्स रहेको छ । 

फाइण्ड एक्सका साथै, ओपोको आर सिरिज र त्यसमा पनि सन् २०१८को अन्त्य तिर सार्वजनिक ओपो आर १७ प्रोका लागि प्राप्त सफलताले पनि यसमा उल्लेख्य भुमिका खेलेको छ। फोनमा रहेको ग्राडियण्ट डिजाइन र अल्ट्रा नाइट मोड ओपो फ्यान्स ग्राहकमाझ समेत निकै लोकप्रिय रहन सफल भएको छ ।ओपोले चिनिँया बजारमा दरिलो उपस्थिती जनाउनुको साथै नव प्रवेशी बजारमा समेत कम्पनीले उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। फ्रान्स, स्पेन, ईटाली र नेदरल्याण्ड्स लगायत यूरोपियली बजारमा प्रवेश गर्दै ओपोले आफ्नो बजार संख्या पहिलो पटक ४०ओटा भन्दा माथी पु¥याउन सफल भएको छ।

बजार प्रवेशलाई थप सुदृढ तुल्याउन कम्पनीले स्पेनमा टेलिफोनिका र फ्रान्समा अरेन्ज लगायत नयाँ क्यारियर सम्बन्धहरुका साथै ओपो स्मार्टफोनको बजार तथा सेवाका लागि अग्रणी खुद्रा विक्रेताहरु संगपनि सम्बन्ध तथा सहकार्य स्थापित गरेको छ। प्रिमियम स्मार्टफोन सेग्मेन्टमा नयाँ बृद्धिचक्रका रुपमा ब्यापारिक फाइभजी स्मार्टफोनको प्रवेश संगै दोब्बर अंकको बृद्धिदरले निरन्तरता पाइरहने काउन्टरपोइण्टको अनुमान छ । नयाँ ओपो रेनो सिरिजको घोषणाका साथमा आफ्नो उत्पादन पोर्टफोलियो थप बलियो बनाउने तयारीमा रहेको ओपोको लागि यसले थप सकारात्मक नतिजा निकाल्न सघाउने निश्चित छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved