नेपालमै पहिलो पटक खुल्यो ताइवानी रेष्टुरेन्ट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2016 | 09:42:41 AM मा प्रकाशित

laxmi  sunrise bank

के तपाई ताइवानी परिकारको स्वाद लिन चाहनु हुन्छ ? उसो भए तपाइको लागि खुसीको खबर छ ।

नेपालमा पहिलो पटक ताइवानी रेस्टुरेन्टको स्थापना भएको छ । काठमाडौँको भाटभटेनीमा ताइवानीहरुले नै ‘हेप्पी ववल क्याफे रेस्टुरेन्ट’ खोलेका छन् । ताइवानमा खानपिन तथा जीवशैलिमा कलम चलाएकी ताइवानी पत्रकार वाइवाइलगायतको टोलीले सो रेस्टुरेन्ट खोलेका हुन् । भुकम्प अघि काठमाडौँको ठमेलमा सुरु गरेको रेस्टुरेन्टमा भुकम्पले गर्दा छोड्न परेपछि उनी नेपालमा खालि नै बसेकी थिइन । 

शनिबारदेखी संचालनमा आएको उक्त क्याफेमा ताइवानमा अत्यादित रुचाइएका परिकार सहित नेपाली खान पनि पाइन्छ । विगत १० बर्ष देखी नेपालसंग नजिक रहेकी वाइवाइले चाइनिज भाषामा नेपालसम्बन्धी एउटा पुस्तक पनि लेखेकी छन् । उक्त पुस्तक नेपालका पूर्व राष्ट्रपति रामवरण यादवले पनि मन पराएका थिए ।

केही समय भुकम्प पिडितको पिडामा मलम लगाउन व्यस्त ताइवानी नागरिक वाइवाइले नेपालमा व्यवसायसंगै समाजसेवा पनि गर्न आएको बताइन ।  समाजसेवा गर्न नेपाल आएकी वाइवाइले नुवाकोट र काभ्रेमा गरि दुई दर्जन भन्दा वढि घर बनाई स्थानीय जनतालाई हस्तान्तरण गरिसकेकी छन् । उनलाई नेपालबाट पत्रकार तथा यूवा व्यावसायी शान्त शर्माले सहयोग गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved