राजधानिमा एकैचोटि तीन स्थानमा मोबाइल मेला, यस्ता छन् अफरहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 11:30:04 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीका तीन स्थानमा एकैपटक मनसुन मोबाइल मेगा अफर हुने भएको छ । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबारमार्गको मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, सिटिसि मल सुन्धारामा रहेको सिटिसी मोबाइल हबमा यो अफर चल्नेछ ।

जेठ २७ गते सोेमबारदेखि असार १५ गतेसम्मचल्ने अफरमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने, बिग सेल अन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइने, जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिने, पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्न सकिने, मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सकिने, मेलामा मोवाइल खरिद गर्दो एफ क्युब सिनेमाको टिकट निशुल्क पाउने, विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत ब्यबस्था गरिएको छ । 

मेला अवलोकन गर्नेहरुलाई आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने मोबाइल हबले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved