नोकिया स्मार्टफोन सी वान नेपाली बजारमा भित्रिएको छ। ३६५ दिनको रिप्लेसमेन्ट सुबिधा भएको उक्त स्मार्टफानको बजार मुल्य ६ हजार ४ सय ९९ रुपयाँ रहेको कम्पनीले जनाएको छ ।
नोकियाको नेपालको लागि आधिकारीक वितरक टेलिटकले उक्त फोनमा एकजीबी १६जीबीको स्टोरेज रहेका जनाएको छ । जसमा माईक्रो एसडी ६४जीबी सम्मको प्रयोग गर्न सकिने रहेको छ । उक्त फोनमा २५ सय एमएएच रिमुभेबल ब्याट्री रहेको छ ।