डिशहोमले भोजपुरी च्यानल संचालनमा ल्याएको छ । डिशहोमले भोजपुरी भाषाको मनोरञ्जनात्मक “भोजपुरी म्याजिक” नामक च्यानल सुरु गरेको हो।
भोजपुरी चलचित्र र गीतहरु प्रशारण हुने यस च्यानलले नेपाली दर्शक लाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने डिशहोमले जनाएको छ । भोजपुरी भाषाको गीत गाउने कलाकाको गीतहरु च्यानलमा प्रशारण गरि क्षेत्रिय भाषाको गीत गाउने कलाकारको प्रतिभालाई नेपालभर पु¥याउन च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।
डिशहोमले रमाईलो टिभी, खेलकुद च्यानल एक्सन स्पोर्टस्, वालवालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै वसेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल संचालन गरि रेहको छ ।