नोकियाले आफ्ना दुई नयाँ मोडलका मोवाईल फोन सार्वजनिक गर्ने तयारी गरेको छ। स्मार्टफोन निर्माता कम्पनी नोकियाले वल्र्ड मोबाइल कँग्रेसको इभेन्टमा २ नयाँ मोडलका फोन सार्वजिक गर्ने तयारी गरेको हो।
कम्पनीले स्पेनमा हुने सो इभेन्टमा नोकिया पी वन र नोकया फाइभ सार्वजनिक गर्ने भएको हो। नोकिया पी वनमा ५.३ इन्च डिस्प्ले, क्वालफोम स्नापड्रागनका साथ ६ जीबी र्याम, फिंगरप्रिन्ट स्कयानर, ३५ सय एमएएच ब्याट्री क्षमता सहित एन्ड्रोइड ७.० नोगाट भर्सनमा उपलब्ध हुने भएको छ भने नोकिया फाइभमा भने ५.२ इन्च एचडी डिस्प्ले तथा २ जीबी र्यामला साथै एन्ड्रोइड ७ नोगाट भर्सनमा आउने अपेक्षा गरिएको छ।
दुवै फोनमा फोनमा १३ एमपी रियर तथा ८ एमपी सेल्फी क्यामेरा रहन सक्ने जनाइएको छ। एजेन्सी