रेनो नेपालद्वारा रेनो क्विड ईजी–आर एएमटी अनावरण, यस्ता छन् विशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 01, 2017 | 01:04:20 PM मा प्रकाशित

laxmi  sunrise bank

रेनोको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रा.लि.(विशाल ग्रुपको सहायक),ले अल न्यू रेनो क्विड एएमटी अनावरणको गरेको छ । नयाँ रेनो क्विड एएमटी   अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध छ । नयाँ रेनो क्विड एएमटीमा ईजी–आर टेक्नोलोजी  ५ स्पीड एएमटी  प्रविधि रहेको छ । यसको डयस माउन्टेड एएमटी डायलमा तीन प्रकारका मोडहरु रहेका छन्– रिजर्भको लागि आर , न्यूट्रलका लागि एन तथा ड्राइभका लागि डी छन् भने सहज रुपमा गाडि चलाउने डिजाइन बनाईएको छ । यो गाडि चलाउँदा सजिलो र नियमित एक्सिलेरेसनको अवस्थामा अत्याधुनिक कन्ट्रोल यूनिटले स्वचालित रुपमा गीयर सिफ्ट गर्दछ । रेनो क्विड एएमटी रेन्जको शुरुवाती मूल्य रु. २०,९६,५०० रहेको छ, जसले यो मूल्यका श्रेणीमा यो गाडिलाई उत्कृष्ट गाडिको रुपमा सार्वजनिक गरेको छ ।

रेनो क्विड एएमटी डाइनामिक परफरमेन्स, उच्चतहको शक्ति, र साहसिक यात्राको अनुभव लिने गरि रणनीतिक रुपमा डिजाइन गरिएको छ । क्विड एएमटी २ संस्करणमा उपलब्ध छ– रेनो क्विड १.०ली एएमटी आरएक्सटी ओ तथा रेनो क्विड १.० एएमटी आरएक्सएल  ।

यो श्रेणीको पहिलो एएमटी    मध्यम वर्गिय कार्यरत परिवार तथा व्यवसायीक व्यक्तिहरुका लागि सहज रुपमा यात्रा गर्न डिजाइन गरिएको छ । भारतमा रेनो क्विड एएमटीको मध्यम वर्गिय परिवार तथा व्यवसायीक व्यक्तिहरुले प्रयोग गरिरहेको प्रवृत्ति जस्तै रेनो नेपालले पनि यस तहका मध्यम वर्गिय परिवार तथा व्यवसायीक व्यक्तिहरुका लागि यो गाडि ल्याएको हो । यसको सजिलो आर गियर बक्स आविस्कारिक सीफ्ट कन्ट्रोल डायलका साथमा संचालन गर्न सकिन्छ, जून सेन्टर कन्सोलमा इन्फोटेनमेन्ट सिस्टमको तल्लो भागमा रहेको छ । यसले म्यानुअल गीयर तथा क्लच दबाउनु पर्ने परम्परागत प्रणालीलाई परिवर्तन गरेको छ । यसमा रहेको इनोभेटिभ सीफ्ट कन्ट्रोल डायल तीन मोडहरुमा आउँछ– रिभर्स, न्यूट्रल, ड्राइभ ले सहज रुपमा प्रयोग गर्ने गरि स्मार्ट डिजाइन  गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved