आज अर्थमन्त्रीले संसदमा जवाफ दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 10:07:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आजको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रि बजेट छलफलको क्रममा उठेका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । संसद सचिवालयले आज मन्त्री खतिवडाले आ.व. २०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहके ) माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको उल्लेख गरेको हो ।

आजको बैठकमा छलफलमा भाग लिन बाँकि रहेका सांसदहरुलाई बोल्नको लागि समय दिइने र त्यसपछि मन्त्री खतिवडाले जवाफ दिने कार्यसूची रहेको संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका हुन् ।

गत आइतबार मन्त्री खतिवडाले संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेका थिए । 

यो पनि : 

 

यी हुन् आगामी बजेटका प्राथमिकता (पूर्णपाठ)



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved