आरएलाई सीए बनाउने खेलबारे एक्यानले जवाफ माग्ने , बृहत छलफलको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 01:18:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले रजिष्टर्ड अडिटर आरए हरुलाई घुमाउरो बाटोबाट चार्टड एकाउन्टेन्ट बनाउने बाटो खुला गर्न लागिएको बिषयमा केन्द्रित रहेर छलफल कार्यक्रम डाक्ने भएको छ। 

आरए हरुलाई सीए बन्ने बाटो खोलिएको भन्ने बिषयबारे छलफल गर्नका लागि एक्यानका पुर्वअध्यक्षहरु तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स (आईक्यान)  का पार्सदहरुसँग छलफल गर्ने कार्यक्रम रहेको एक्यानका उपाध्यक्ष रमेश धितालले बिजपाटीलाई बताए। 

धितालकाअनुसार आरएहरुलाई घुमाउरो बाटोबाट सीए बनाउने बाटो खोल्न लागिएको बिषय बाहिर आएको हुँदा यो अवस्थामा एक्यान कसरी अगाडी बढ्नुपर्छ भन्नेबारे छलफल गर्न पुर्वअध्यक्षहरुसँग छलफल गर्न लागिएको हो।  

त्यस्तै व्यवसायिक चार्टड एकाउन्टेन्टहरुको शाख नै धमिलो हुनेगरि आर ए लाई सीए बन्न पाउने प्रस्ताव कहाँबाट कसरी आयो र यसको औचित्य कति छ भन्ने बिषयमा स्पष्ट जवाफ लिनका लागि पार्सदहरुसँगको छलफल पनि राखिएको धितालले बताए। 

चार्टड एकाउन्टेन्टहरुको नियामक संस्था आइक्यानमा १७ जनाको पार्सद सदस्य समिति रहेको छ। उक्त समितिमा १० जना सीए, ४ जना आरए र ३ जना सरकारी प्रतिनिधि रहेका छन्। 

आइक्यानको टास्क फोर्स ले नै आरए हरु अर्को बाटोबाट सहजै सीए बन्न पाउने गरि प्रस्ताव आएको भन्दै नेपालका चार्टड एकाउन्टेन्टहरु आन्दोलित भएका छन्। पार्सदहरुले एक्यानकै सहमतीमा उक्त प्रस्ताव गरेको भन्ने बिषय समेत बाहिर आएपछि एक्यानले बिज्ञप्ती निकालेर त्यसको खण्डन गर्दै आरए वा अरु कसैलाई पनि घुमाउरोबाटो बाट सीए बनाउन नहुने र यसो गरिएमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। 

१६ बर्ष भन्दा बढी आरए गरेकालाई केहि बिषयको परिक्षा पास गरेपछि उनीहरुलाई सीएको मान्यता हुने गरि आइक्यानको टास्क फोर्सबाट काम अगाडी बढेको  भन्दै सीए हरु आन्दोलित भएका हुन्। 

नेपालमा करिब २२०० प्लस चार्टड एकाउन्टेन्ट छन् भने करिब ७ हजारको हाराहारीमा आरए हरु रहेका छन्। आरए हरुलाई ४ बर्ग क ख ग र घ मा विभाजन गरि त्यहिअनुसारको काम गर्नलाई अख्तियारी दिईएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved