जनता बैंक: वर्तमान वित्तीय अवस्थादेखि सम्भावित मुनाफासम्म (कम्पनी विश्लेषण)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2019 | 11:05:16 AM मा प्रकाशित

laxmi  sunrise bank

कम्पनी विश्लेषणमा जनता बैंक

जनता बैंक नेपालको क बर्गका २८ कमर्शियल बैंक मध्ये एक हो। यो बैंक सन २०१० देखि संचालनमा आएको हो अर्थात संचालनमा आएको ९ बर्ष भएको छ। बैंकले अघिल्लो बर्ष अर्थात सन २०१७ मा तत्कालिन त्रिबेणी विकास बैंकसंग मर्जर तथा सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको हो। नेपाल स्टक एक्सचेन्जमा जनता बैंक जेड क्याटोगोरीमा छ। 



२८ बाणिज्य बैंकहरुको सेयरमुल्य औषतमा ३२३ रुपैयाँ हुँदा जनता बैंकको सेयर (१० जनवरि, २०१८ मा) प्रतिकित्ता १६८ रुपैयाँमा कारोबार भएको छ। 

जनता बैंकको सेयर 'फेयर मुल्य' भन्दापनि करिब २१ प्रतिशतले सस्तो मुल्यमा कारोबार भएको छ। १८० दिनको औषत मुल्यलाई आधार मान्दा बैंकको सेयर थोरैले सस्तोमा कारोबार भैरहेको देखिन्छ।  

पछिल्लो ३ आर्थिक बर्षको चक्रिय बार्षिक वृद्धिदर (क्युमीलेटिभ एन्नुअल ग्रोथ रेट, सीएजीआर) लाई आधार मान्दा बैंकको मुल्य आम्दानी अनुपात (पीई) बैंकहरुको औषत भन्दा कम देखिन्छ। जबकि बैकको आम्दानी वृद्धि बैंकहरुको औषत भन्दा धेरै देखिन्छ। 

मर्जर तथा प्राप्ति पश्चात खुद मुनाफामा उल्लेख्य वृद्धि

चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बैकको मुनाफामा उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक बर्षको यसअवधिसँगको तुलनामा बैंकको खुद ब्याज आम्दानी करिब ३० प्रतिशतले बढेको छ भने खुद मुनाफा शतप्रतिशतले बढेको छ। खुद मुनाफामा आकर्षक वृद्धि गरेपनि बैंकको प्रति सेयर आम्दानी बैंकहरुको औषत भन्दा तल नै छ। बैंकको प्रगतिलाई हेर्दा चालू आर्थिक बर्षमा बैंकले १ अर्ब २८ करोड खुद मुनाफा गर्न सक्ने देखिन्छ।

मर्जर तथा प्राप्ति पश्चात गत बर्षको तुलनामा सन २०१६-०१७ मा बैंकको नाफा करिब ३७४ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको प्रति सेयर आम्दानी समेत ५ रुपैयाँ ७९ पैसाबाट बढेर ७ रुपैयाँ ९१ पैसा पुगेको छ।    



९ औं बार्षिक साधारणसभा 

बैंकले हालै मात्र आफ्नो ९ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। उक्त साधारणसभाबाट बैंकले ८.५ प्रतिशत नगद लाभांश पारित गरेको छ। 

नगद लाभांश वितरणको प्रभाब 

बैंकले हालै मात्र वितरण गरेको ८.५ प्रतिशत नगद लाभांशका कारण बैंकको रिजर्भ र क्यापिटल एडीकुएसी रेसियो घट्ने देखिन्छ। नगद लाभांश वितरण पश्चात बैंकको जगेडा कोष रकम बैंकहरुको औषत भन्दा तल पुगेको छ। बैंकको रिजर्भ बैंकिङ उद्योगको औषत रिजर्भ भन्दा करिब ६८ करोड तल आएको छ।   

नगद लाभांस समायोजनले बैंकको क्यापिटल एडीकुएसी रेसियो १३.५ प्रतिशत भन्दा तल आउनेछ, जबकी पहिलो त्रैमासलाई हेर्दा बैंकको कर्जा निक्षेप अनुपात पहिलेनै ८० प्रतिशतको नजिक छ। यसले बैंकलाई निक्षेप बढाउन दबाब बढेको छ। 

मर्जर तथा प्राप्ति पश्चातको जनता बैंकको नाफा बैंकिङ उद्योग भन्दा झन्डै ४ गुणाले बढेको छ। मुनाफाको हिसाबले औषतमा अन्य बैंकको तुलनामा सुचिमा तल परेपनि बैंकको प्रगतिले सेयरलगानीकर्तालाई आकर्षण गर्न सक्ने देखिन्छ।   

 

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धि 

निक्षेप संकलन तथा कर्जा परिचालनको अवस्थालाई हेर्दा निक्षेपमा बैंक २३ र कर्जा परिचालनमा २२ औं स्थानमा छ। यद्दपी पछिल्लो ३ बर्षलाई आधार मान्दा मर्जर तथा प्राप्ति पश्चात बैकको निक्षेप संकलन तथा कर्जा परिचालनमा उल्लेख्य वृद्धि देखिएको छ। 

अन्य बैंकहरुको तुलनामा बैंकको पुंजी र जगेडा कोष कम हुने देखिन्छ। त्यसमा पनि नगद लाभांश वितरण पश्चात बैंकको जगेडा झन्डै ६८ करोडले कम हुन्छ। 

नगद लाभांश वितरणले बैंकको कारलाई १३.५ प्रतिशतमा ल्याईपुराएको छ जुन बैंकिङ उद्योगको औषत कार १४।६२ प्रतिशत भन्दा तल नै हो। पहिलो त्रैमासलाई हेर्दा बैंकको कर्जा निक्षेप अनुपात बैंकिङ उद्योगको औषत ७७.७२ प्रतिशत भन्दा माथी नै देखिन्छ। बैंकको सिसिडी अनुपातले झन्डै सिलिंग छोएको छ।यसले बैकलाई थप कर्जा परिचालनमा रोकावट देखिएको छ भने निक्षेप संकलनमा ध्यान दिनुपर्ने छ। यसले बैंकले जुन ग्रोथ हासिल गर्छ भनिएको छ त्यसमा चुनौती थपेको छ। 

पहिलो त्रैमासमा बैंकको खराब कर्जा अनुपात बैंकिङ उद्योगको औषत १.३७ प्रतिशत भन्दा माथि नै देखिएको छ। यसले बैंक कर्जा परिचालनमा आक्रामक छ भन्ने देखाउंछ। 



लाभांश प्रक्षेपण 

बैंकले अहिले नगद लाभांश वितरण गरेकाले बैंकले यस बर्षको कमाईबाट जगेडालाई बलियो बनाउनुपर्ने हुन्छ जस कारण जनता बैंकबाट बैंकिङ उद्योगको औषत लाभांश भन्दा बढी अपेक्षा गर्ने ठाउँ देखिदैन। 



लगानी जोखिम

जनता बैंकको सेयरमा गरिएको लगानीमा नोक्सान हुने सम्भावना १० प्रतिशत रहेको छ, नोक्सानी भएमा ३.४० प्रतिशत भन्दा माथि नहुने देखिन्छ। 

जनता बैंकको सेयरमा गरिएको लगानीको जोखिम ९० प्रतिशत कम छ अर्थात लगानी कम जोखिमपूर्ण छ।



जनता बैंक संचालक तथा व्यवस्थापनबारे 

जनता बैंकको अध्यक्ष केशब बहादुर रायमाझि हुन भने प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुमार छेत्री छन।

बैंकले जनता क्यापिटल लिमिटेड नामक सहायक कम्पनी खडा गरेको छ। उक्त सहायक कम्पनीमा जनता बैंकको शतप्रतिशत स्वामित्व छ भने हालै मात्र ब्रोकर कार्यालय संचालनमा ल्याउने प्रस्ताब साधारणसभाबाट पारित भएको छ। 


नोट: कम्पनी विश्लेषण समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।    

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved