कालिका लघुवित्त वित्तीय संस्था @Kalik को प्रमुख कार्यकारी अधिकृत पदबाट मिन बहादुर बोहराले राजिनामा दिएपछि कायम मुकायम सीईओको जिम्मेवारी कमल खत्रीले पाएका छन्। बोहराले भीआरएस लिएर साउनदेखि कालिका छाडेपछि लघुवित्त संचालक समितिको असार ३१ को बैठकले खत्रीलाई कायम मुकायम सिईओमा नियुक्ती गरेको हो ।
भिआरएस लिएका बोहराले कालिकालाई नयाँ उचाईमा पुर्याएर बाहिरिएका छन्। २०७३ मङ्सिरमा चुक्ता पुंजी ५ करोड र २४ शाखा सहित १० जिल्लामा बिस्तार कालिका लघुवित्त बोहरा बाहिरिंदासम्म चुक्तापुंजी २५ करोड र ९६ शाखा सहित २८ जिल्लामा फैलिएको छ।
त्यस्तै २०७३ मङ्सिरमा १६ हजार ५६८ ग्राहक सदस्य रहेकोमा बोहराले जिम्मेवारी सम्हालेको यो चार बर्षमा ग्राहक सदस्य ५९ हजार नाघेको छ। यति मात्र नभई स्थापनादेखि ५ बर्षसम्म लाभांश नपाएका सेयरधनीहरुलाई बोहराले पहिलो बर्ष ६८ र त्यसयता २१, ८ र १२ प्रतिशत लाभांश दिएका छन्।
बोहराकै कार्यकालमा कालिका र जनसेवी लघुवित्तबीचको मर्जर समेत सम्पन्न भएको हो। तत्कालिन जनसेवीको सीईओ खत्रीलाई नै कामू सीईओको जिम्मेवारी दिइएको हो। मर्जर पश्चात खत्री कालिकामा नै नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए। २३ वर्षको वित्तिय अनुभव संगालेका खत्री कालिका लघुवित्त बाहेक जनसेवी लघुवित्तको सिईआ भई कार्य गरिसकेका व्यक्ति हुन् । जन सेवी र कालिका मर्जरपछि उनी संस्थामा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए ।