विश्वकप खेलिरहेको भारतीय टिमलाई गम्भीर धक्का लागेको छ । टिमका ओपनर शिखर धवनले दुइ देखि तिन हप्ता मैदानमा उत्रन नपाउने भएका छन् । रिर्पोटका अनुसार उनको देब्रे बुढिऔँला फ्याक्चर भएको छ । विश्वकपमा आइतबार भएको अष्ट्रेलिया बिरुद्धको खेलको क्रममा नाथन कल्टर निलको बाउन्सर बलले हातमा लाग्दा उनलाइ चोट लागेको हो । चोट लागे पनि उनले १०९ बलमा ११७ रन बनाएर भारतको जितमा राम्रो योगदान दिए ।
सोमबार स्क्यान गरेर हेरेपछि शिखरले बिहिबार हुने न्युजिल्याण्डसँगको खेल गुुमाउने पक्का भएको हो । धवनको इन्जिुरिको कारण उनको स्थानमा नयाँ खेलाडिलाइ ल्याउने सम्भावना रहेको छ । उनको स्थानमा रिशब पन्त वा श्रेयास एयरलाइ ल्याउने तयारि रहेको श्रोतले जनाएको छ । बिसिसिआइका अनुसार धवनलाइ पुरा निको हुन एक महिना लाग्नेछ । यसो हुँदा धवनले विश्वकपको सम्पुर्ण खेल गुमाउनेछन् । ३० मे देखि सुरु भएका विश्वकपका खेलहरु जुलाइ १४ मा सकिनेछ ।
यद्यपि उनी छिटो निको भए उनले अन्तिम खेलहरु खेल्न पाउने सम्भावना पनि उतीकै छ ।
आइतबारको खेल सकिएपछि धवनले भनेका छन् "टिमको ठुलो मेहनतले गर्दा राम्रो परिणाम ल्याउन सकेका छौँ, यो एकदमै खुसिको कुरा हो । म पनि खुसि छु म्यान अफ द म्याचको अवार्ड जित्न पाउँदा, समग्रमा टिमले राम्रो प्रदर्शन गर्न सफल भएको छ" उनले थपे ।
यो परिस्थिति अनुुसार के एल राहुलले रोहित शर्मासँग इनिंग ओपन गर्ने सम्भावना छ । तर इन्डियाको सामु प्रश्न अझै बाँकि छ ४ नम्बरमा ब्याटिंग कस्ले गर्छ ? इन्डियाले बिजय शंकरलाइ ४ नम्बर मा ब्याटिंगको लागि पठाउने सम्भाबना रहेको छ वा धवनको स्थानमा आउने खेलाडिले ४ नम्बरमा ब्याटिंग गर्न सक्छ । बिहिबार हुने न्युजिल्याण्ड बिरुद्धको खेलमा खेलाडि थप्ने बिषयमा यि सबै सम्भावनाहरु इन्डिया सामु रहनेछन् ।