विश्वकपमा भारत विरोधी ब्यानर फहराउँदै प्लेन घुमेपछि..........

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 01:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा शनिवार भएको भारत र श्रीलंकाबीचको खेलमा एउटा अज्ञात प्लेनले पाँचपटक भारत बिरोधि ब्यानर प्रदर्शन गरेको छ । इन्डिया नरसंहारलाई रोक, कस्मिरलाई स्वतन्त्र गर लेखिएको ब्यानरको साथमा प्लेनले प्रत्येक पटक मैदानको चार चार पटक फन्को मारेर गएको छ । 

भारतीय टिमले बलिङ गर्दा तिनपटक र ब्याटिङ गर्दा २ पटक प्लेनले फन्को मारेर गएको हो । खेल हेग्डेल क्रिकेट मैदानमा भएको थियो । मैदान नजिकै रहेको ब्रेडफोर्ड सहरमा पाकिस्तानि मुलका मानिसहरुको बसोबास रहेको छ । अफगानिस्तानसँगको खेलमा पनि यस किसिमको घटना भएको थियो । 

यस घटनापछि बीसीसीआइले कडा प्रतिकार गरेको छ । बीसीसीआइले आइसिसिमा यो घटनाको बिषयमा उजुरि दर्ता गरेको छ । बीसीसीआइका अधिकारिले भनेका छन् यस किसिमका घटना स्विकार्य छैन, हामिले हाम्रो कुरा राखेका छौँ, आगामि खेलमा यस किसिमका घटना फेरि भएमा त्यो दुर्भाग्यपुर्ण हुनेछ । हाम्रो लागि खेलाडिको सुरक्षा महत्वपुर्ण रहेको बताएका छन् ।

आइसिसिले जवाफमा यस किसिमको घटना दोहोरिएकोमा निराश भएका छौँ, यस किसिमको राजनितिक संदेशको निन्दा गर्ने जनाएको छ । खेल अवधिभरी यस किसिमको राजनितिक बिरोध रोक्नको लागि पुलिसको साथ मिलेर काम गरिरहेको आइसिसिले बताएको छ । हिजो भएको घटनामा लिड्को एयर ट्राफिक पुलिसले जाँच गर्ने बताएको आइसिसिले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved