'सरकार निर्मलाको हत्यामा संलग्नको नजिक-नजिक पुगेको छ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2018 | 09:34:37 AM मा प्रकाशित

laxmi  sunrise bank

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका आमा-बाबुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेका छन। भेटमा मन्त्री थापाले सरकार हत्यामा संलग्नको नजिक-नजिक पुगेको बताएका छन्। 

‘यो जघन्य अपराध हो, यो घटनाप्रति राष्ट्र नै चिन्तित छ, हामीले अपराधिलाई कठघरामा उभ्याउन सकेका छैनौँ, तर हामी अपराधिलाई कठघरामा ल्याउन सक्रिय छौँ’, गृहमन्त्री थापाले भने, ‘प्रहरीको टोलीले काम गर्न नसकेपछि हामीले उच्च स्तरीय छानबिन समिति बनाएर काम अगाडि बढाएका छौँ, जनताको आवाजलाईसमेत गृहमन्त्रालयले सम्बोधन गरिराखेको छ।’

न्याय माग्दै काठमाडौं आइपुगेका निर्मलाका बाबु-आमा यज्ञराज पन्त र दुर्गादेवी पन्तले अपराधिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न ज्ञापनपत्रसमेत बुझाएका छन्। केही अधिकारकर्मीसहित गृह मन्त्रालय पुगेका यज्ञराज र दुर्गादेवीले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका हुन्।

दोषीलाई कठघारमा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला भन्दै गृहमन्त्री थापाले भने, ‘कञ्चनपुर घटनामा हामीले सुरुदेखिनै ध्यान दिएका हौ, घटना लगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौं, त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौं, त्यसले पनि नभएपछि उच्चस्तरीय छानबिन समिति गठन गरिएकोछ, समिति बाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भइरहेको छ।’

तस्बिर सौजन्य : गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराई



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved