घुसकाण्डमा राजु लामा तानिएपछि एलिजालाई कोटेश्वरको कमाण्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 07:20:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका प्रहरी अधिकारी घुसकाण्डमा मुछिएर तानिएपछि त्यहाँ नयाँ नेतृत्त्व पठाईएको छ। घुसकाण्डमा मुछिएपछी प्रहरी मुख्यालय नक्सालले महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्स्पेक्टर राजु लामालाई महानगरीय प्रहरी पहरा गण सामाखुशीमा तानेर उनको स्थानमा एलिजा गिरीलाई पठाएको हो। 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत गिरीलाई पहिलो पटक इञ्चार्जको जिम्मेवारी दिइएको हो। यसभन्दा पहिले उनले महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेमा काम गरेकी थिइन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिवार कोटेश्वरको मुनिभैरव चोकस्थित लुम्बिनी तन्दुरी भोजनालयबाट एक लाख रुपैयाँ घुससहित ९ प्रहरी समातेको थियो  पक्राउ पर्नेमा इन्सपेक्टर लामाका भान्से प्रहरी जवान मुकेश पटेल समेत ५ हजार घुसमा समातिएका थिए। 

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग काँडाघारीका प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ,  महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत सुवास ढुङ्गाना, त्यसैगरी हवल्दारहरु दीपक भारती, उमेश यादव र अमन चौधरी छन।

अख्तियारले प्रहरी जवानहरु रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पट्टेललाई पनि पक्राउ गरेको छ। उनीहरुले लिएको एक लाख रुपैयाँ घुसमा असई सुवासले ४५ हजार र अर्का असई गोपालले ३० हजार लिएका थिए । बालुवा खानी सञ्चालनहरुबाट लिएको घुस हवलदार र प्रहरी जवानहरुले ५/५ हजार रुपैयाँ भागमा पाएका थिए।  

घुसकाण्ड बाहिरिएपछि आईजीपी सर्वेन्द्र खनालले शनिवार नै कोटेश्व र काँडाघारी प्रभागका प्रहरी परिवर्तन गर्न निर्देशन दिएका थिए। प्रहरी मुख्यालयले महानगरीय प्रहरी प्रभाग काँडाघारीका इन्चार्ज इन्स्पेक्टर हरि ओझालाई पनि तानेको ओझाको साटो इन्स्पेक्टर सुधीर राईलाई पठाइएको छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved