मदिरा, लागूपदार्थ र इन्टरनेटको गलत प्रयोगले महिला हिंसा बढ्यो: गृहमन्त्री थापा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 10:36:50 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापा बादलले मदिरा, लागूपदार्थ र इन्टरनेटको दुरुपयोगका कारण महिला हिंसा बढेको बताएका छन्। राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा मन्त्री थापाले महिला हिंसा न्युनीकरण गर्न सरकारले तिनको प्रयोगमा कडाई सुरु गरेको बताए।   

‘मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढेका छन्, तिनको प्रयोगमा मन्त्रालयले कडाई सुरु गरेको छ’ गृहमन्त्री थापाले भने। मन्त्री थापाले महिला हिंसा र बलात्कारका घटना न्युनीकरण गर्न विशेष कार्यक्रम ल्याउने पनि बताए। 

मन्त्री थापाले बलात्कार पछि हत्या गरिएकी कन्चंपुरकी १३ बर्षीय निर्मला पन्तको घटनाबाट आफू दुखित भएको भन्दै सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे।  

मानव अधिकार आयोगमा भएको छलफलमा अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानविनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरे। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved