८० हजार भारुमा बेचिएकी युवतीको उद्धार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2019 | 10:56:14 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत उत्तरप्रदेशको कटराचौराह मधावलिया रोड निचलौलबाट एक २१ बर्षिय युवतीको उद्धार गरिएको छ । निचलौल स्थित एक कोठाबाट उनलाई उद्धार गरिएको हो । 

आफन्त नेपाल,सिमा प्रहरी महेशपुर ,कोटवाली थाना ठूठीबारी र निच्लोलको निच्लोल थानाको सहयोगमा ती युवती उद्धार गरिएको आफन्त नेपालका कार्यकारी निर्देशक इन्द्रराज भट्टराई बताए ।

भट्टराईका अनुसार आर्केष्टाको एक कोठामा ती युवती सहित १२ जना थिए । ती मध्ये ६ नेपाली युवती थिए । अन्य युवती नेपाल फर्किन नमानेपछि ती युवतीको मात्रै उद्धार गरिएको हो । 

नवलपरासीकि ती युवती लाई महेशपुरका मनोज धोवि(३०) ले आर्केष्टामा काम लगाइदिने भनि महेशपुर नाका बाट निच्लोल पुर्याएर आर्केष्टामा ८० हजार भारुमा बेचेको प्रहरीको भनाई छ । मनोजले परासीको सिद्धार्थ चाउचाउ फ्याक्ट्रिमा काम गर्ने ती युवती लाई जागिर लगाइदिने भनि प्रलोभनमा पारि निच्लोल पु¥याएका थिए । त्यँहाको आर्कोष्टामा उनलाई नाच्ने काममा लगाइएको थियो ।

पीडित युवतीका अनुसार काम गरेको पैसा नपाएपछि साहु लाई घर पठाइदे भन्दा आफुले पैसामा किनेकाले पठाउन नमिल्ने बताएका थिए । त्यसपछि मात्र आफु बेचिएको थाहा भएको उनले बताइन् ।

एक महिनाको चिनजानमा मनोजसंग नजिकिएकि ति युवती लाई ६ महिना अघि सो आर्केष्टाम पु¥याइएको थियो । मनोजले उनकि बहिनी लाई पनि २० हजार भारु कमाउने काममा लगाइ दिने भनि  प्रलोभन दिएका थिए । उनी जान नमानेपछि मनोज सम्पर्क बिहिन भएका थिए । बहिनी सिमा भन्छिन्,“मलाई पनि बेच्ने योजना रैछ”,धन्न बेचिनबाट जोगिए” 

६ महिना सम्म पनि दिदि सम्पर्कमा नआएपछि उनले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा दिदि हराएको निवेदन दिएकि थिइन । प्रहरीले चासो नदिएपछि संघसंस्था लाई खोजि दिन आग्रह गरेपछि दिदिको उद्धार गरिएको उनले बताइन । 

उक्त आर्कोष्टामा मनोजले नेपाली युवती सप्लाई गर्ने कम गर्दै आएको आशंका गरिएको सिमा प्रहरी चौकि महेशपुरका प्रहरी इन्र्चाज बिष्णु सापकोटाले बताए । फरार रहेका मनोज भारतको निचलौलमा भएको आशंकामा भारतीय प्रहरीको सहयोगमा खोजी कार्य गरिएको सापकोटाले बताए । उनका अनुसार २ महिना अघि पनि उक्त आर्केष्टाबाट एक युवतीको उद्धार गरिएको थियो । पछिल्लो ६ महिनाको अवधिमा आर्केष्टा हिडेका ९ युवतीको सिमा बाट उद्धार गरेको छ । आर्केष्टाको माध्यामबाट युवतीहरु बेचबिखनमा पर्न थालेपछि प्रहरीले जान रोक लगाएको छ ।

  

 


  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved