अभिभावकको 'भुल' ले पत्रकार गिरि पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2019 | 10:37:01 PM मा प्रकाशित

laxmi  sunrise bank

जग्गा विवाद सम्बन्धी समाचार लेखेका आधारमा पत्रकार अर्जुन गिरि पक्राउ परे। साइबर अपराध गरेको अभियोगमा सोमबार ११ बजे पोखराबाट पक्राउ परेका गिरिलाई काठमाडौं ल्याइयो। 

व्यवसायी विपीन (विपेन्द्र) बतासले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा अर्जुनविरूद्ध साइबर अपराध गरेको भनी उजुरी गरेको आधारमा अदालतबाट पक्राउ पुर्जी जारी गरी कास्की प्रहरीले गिरीलाई सोमबार काठमाडौं लगेको ल्याएको हो। बतासले दुईजनाबाट ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको समाचार गिरिले लेखेका थिए।

विपीनविरूद्ध ठगीबारेको उजुरी कास्की प्रहरीमा परेको हो। अर्जुन सम्पादित ताण्डवन्युज डट कम अनलाइन र पत्रिका सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता छ। तर दर्ता नभएको आरोप सीआईबीले लगायो।

सीआइबिको आरोप सत्य साबित!

पत्रकारको नियामक मात्र नभई अभिभावक समेत मानिने प्रेस काउन्सिलको त्रुटीले पत्रकार गिरि पक्राउ परेको खुल्न आएको छ। उजुरीकर्ताले ताण्डवन्युज डट कम दर्ता भए नभएकोबारे जानकारी माग्दा काउन्सिलले दर्ता नभएको जवाफ दिएको आधारमा सीआइबिले दर्ता नभएको दाबि गरेको पाइएको छ। 

प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले सामाजिक संजाल फेसबुक मार्फत काउन्सिलको भुलका कारण यस्तो घटना घट्न गएको स्पष्टिकरण दिएका छन। 'सिस्टममा सर्च गर्दा tandannews.com मात्रै फेला पर्यो,पोहोरको Entry मै मिस्टेक अर्थात spelling error,"V" को ठाउँमा "N",सोहीअनुसार उजुरकर्तालाई सूचनाको हकअन्तर्गत सम्बन्धित शाखाले जवाफ दियो' श्रेष्ठको स्पष्टिकरणमा उल्लेख छ। काउन्सिलले दर्ता नभएको जवाफ दिएको ६ दिनपछि गिरि साइबर क्राइम अन्तर्गत समातिएका हुन।

काउन्सिलबाट गल्ति भएको भन्दै यसबारे छानबिन हुने श्रेष्ठले स्पष्ट पारेका छन। 'प्राविधिक रुपमा गल्ती सानै भए पनि नियत खराव नभएको हुँदा सम्बन्धित कर्मचारी साथीहरुसङ्ग कडा स्पस्टिकरण सोधिएको छ ! चित्तबुझ्दो जवाफ नआएमा उचित कार्वाही भई सोको जानकारी पारदर्शी रुपमा बाहिर आउने नै छ' श्रेष्ठले लेखेका छन। श्रेष्ठकाअनुसार सिआइबी प्रमुख डिआइजी निरज शाहीसङ्ग यो प्रकरण टुङ्ग्याउने सहमति भएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved