स्रोत नखुलेको ५४ लाख सहित एक पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 08:12:39 AM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय प्रहरी वृत्त कालीमाटीले स्रोत नखुलेको ५४ लाख सहित एक जना पक्राउ गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर चोकबाट काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको रकम र चेक सहित पक्राउ गरेको हो। 

महानगरीय प्रहरी वृत्त कालीमाटीकाअनुसार स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेक सहित आइतबार साँझ पक्राउ गरेको हो । 

प्रहरीले उनि सवार प्रदेश नम्बर ३- ०२-००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित मगरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved