सस्तोमा सामान पाईने स्टक क्लियरेन्स मेला बिहीबारदेखि

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 25, 2018 | 06:14:48 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंको अवसर पारेर आगामी बिहीबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुँदैछ । दशैंका लागि सस्तो मूल्यमा वस्तु बिक्री बितरण गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको हो । 

एकै छानामुनी सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्धेश्यले इभेण्ट सोलुसन प्रालिको आयोजनामा मेला हुन लागेको हो । नेपाल चेम्बर अफ कमर्शको प्रवद्र्धनमा आयोजना हुने मेलाको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । 

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । 

मेलामा कपडा, जुत्ता, ह्याण्डी क्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु रहने छन् । ५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्ने आयोजकको विश्वास छ । मेला असोज १५ सम्म चल्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved