सामाजिक सञ्जालमा राष्ट्रपतिको ‘मेरो सरकार’

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2019 | 06:22:15 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । सरकारको निती तथा कार्यक्रम सार्वजनिक गर्दा उनले सरकारले तयार पारेको लिखित कार्यक्रम वाचन गरिन् । संसदमा राष्ट्रपति भण्डारीले निती तथा कार्यक्रम वाचन गरिरहँदा सामाजिक सञ्जाल भने एकाएक जुर्मराएको छ । 

राष्ट्रपतिले आफ्नो सम्वोधनमा बारम्बार ‘मेरो सरकार’ भन्ने शब्दा प्रयोग गरेपछि यही शब्दका विषयमा बहस सुरु भएको हो । सामाजिक सञ्जालमा आलोचना गर्नेहरुले राष्ट्रपतिले ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेर राजतन्त्रको झल्को दिएको टिप्पणी गरेका छन् । समाजशास्त्र र राजनीति शास्त्रका जानकारहरु पनि लोकतन्त्रमा यस्तो अभ्यास नभएको बताउँछन् । 

राजतन्त्र रहेका बेलामा यसरी निती तथा कार्यक्रम सार्वजनिक गर्दा वा अन्य समारोहमा सम्बोधन गर्दा ‘श्री ५ को सरकार’ भन्ने प्रचलन थियो । श्री ५ भनेर राजालाई चिनिन्थ्यो, त्यसैले राजाले सम्बोधन गर्दा ‘मेरो सरकार’ भन्ने गर्थे । तर गणतन्त्र स्थापनापछि  ‘नेपाल सरकार’ भन्ने शब्दावलीको विकास भयो । 

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र त्यसपछि राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले पनि अघिल्लो वर्षसम्म ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने गरेका थिए । तर, यस पटकको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले पहिलोपटक ‘मेरो सरकार’ भनिन् । 

नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा आएर वाचन मात्र गर्ने हुन् । प्रधानमन्त्री कार्यालयले लिखित रुपमा भाषण तयार पार्छ । यसलाई क्याबिनेट वैठकबाट स्वीकृत भएपछि राष्ट्रपतिलाई हस्तान्तरण गरिएको हुन्छ । फाइल भएर आएको भाषण राष्ट्रपति कार्यालयमा हेर्ने चलन हुन्छ । राष्ट्रपति आफैँले पनि आफूले वाचन गर्ने भाषणको फाईल हेर्ने प्रचालन पनि थियो । 

पूर्व राष्ट्रपति डा. रामवरण यादवकाका एक जना सल्लाहकार राष्ट्रपतिले संसदमा वाचन गर्नुअघि मन्त्रीपरिषद्बाट पास भएर आएको भाषण अध्ययन गर्ने गरिएको बताउँछन् । 

प्रधानमन्त्री कार्यालयले मेरो सरकार राखेर पठाउनु पनि गल्ती भएको र राष्ट्रपतिले पनि अध्ययन नगरी संसदमा वाचन गर्नु उनको कमजोरी भएको जानकारहरु बताउँछन् । 

यसअघिः

नीति तथा कार्यक्रम नसकिदै सरकारप्रति गगन थापाको कडा प्रहार

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved