चिनियाँ राष्ट्रपति सी चीनफिङ राजकीय नेपाल भ्रमणमा छन। भ्रमणमा क्रममा केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाका विषयमा हुने छलफलको तयारीले यो नाकाको चर्चा पुनः चुलिएको छ । सीमा जोडिएको रसुवा र नुवाकोटको मात्र होइन, सिङ्गो देशले केरुङ–काठमाडौँ रेलमार्ग सञ्चालनको परिकल्पना गरिरहेको छ । काठमाडौँबाट पोखरा–लुम्बिनी हुँदै भारतसम्म रेलमार्ग जोड्ने सरकारको दीर्घकालीन लक्ष्य छ ।
चीनले अघि सारेको 'बेल्ट एण्ड रोड इनिएसिटिभ, (बिआरआई)' परियोजना अन्तर्गत रहेर नेपालले करिब दर्जन परियोजना अघि सारेको छ। नेपालले अघि सारेका पारित परियोजना निर्माण कसरि हुन्छ र त्यसको वित्तीय स्रोत कसरि जुट्छ भन्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको मात्र नभई आम सर्वसाधारणको समेत चाँसोको बिषय बनेको छ।
केहिले चीनले अघि सारेको बिआरआई अन्तर्गतका परियोजनामा काम गर्दा श्रीलंका ऋणमा डुबेकाले नेपालले सचेत भएर अघि बढ्नुपर्ने बिचार व्यक्त गरेका छन भने कहिले बिआरआई ले नेपालको आर्थिक मुहार फेर्ने समेत बताउदै आएका छन।
पंच्यातकालदेखि आजका दिनसम्म छिमेकी मुलुकमा मात्र सिमित नेपाल चीन सम्बन्धमा सी भ्रमणले नयाँ आयाम थप्ने विश्लेषण गरिएको छ। २३ बर्षको अन्तरालमा नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति बनेका सीको नेपाल भ्रमणसंगै उनले अघि सारेको बिआरआईको समेत चर्चा चुलिएको छ। सीको नेपाल भ्रमणसंग बिआरआई जोडिएको छ।
बिश्वब्यापी रुपमा बहसको बिषय बन्न पुगेको बिआरआई भनेको के हो ?
'बेल्ट एण्ड रोड इनिएसिटिभ अर्थात बिआरआई भनेको बिगतको रेशम मार्गको आधुनिक नाम हो भन्दा फरक नपर्ला। पहिले चीनको राजधानी सियोल थियो, चीनको सामान ग्रिस सम्म पुग्थ्यो। त्यो बेला रेल वा सडक मार्ग भन्ने थिएन। त्यहि भएर बोक्नलाई सजिलो पनि हुने रेसमको ब्यापार धेरै हुन्थ्यो र त्यो ब्यापार हुने मार्गको नाम पनि रेशम मार्ग अर्थात सिल्क रोड हुन पुग्यो।
पछि सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले सेन्ट्रल एसिया कजाकिस्तानको भ्रमणको क्रममा सिल्क रोड अर्थात रेशम मार्गलाई पुनर्जीवन गरौँ भन्नुभयो। त्यसलाई केहिसमयसम्म धेरैले आ आफ्नो तरिकाले व्याख्या समेत गरे।
पहिले याक, घोडा, उँटमा सामान लादेर ब्यापार गरिन्थ्यो अब यसलाई रेल मार्गले जोड्नुपर्छ भनेर सी जिनपिङद्वारा व्यक्त भएको बिचारधारा नै बिआरआई हो । तसर्थ पहिलेको सिल्क रोडको आधुनिक सोचनै बिआरआई हो।
मन्जुश्री काठमान्डू आएर यहाँका डाँडा काटेर पानिलाई निकास दिए र चीनसंगको ब्यापारको समबन्ध सुरु भयो। त्यो बेला पनि नेपाल र चीनबीच ब्यापारको सम्बन्ध थियो। त्यसैले पुरानो सिल्क रोडको पिता मन्जुश्री हुन् भने आधुनिक सिल्क रोडको पिता सी जिनपिङ।
सामान्य शब्दमा बुझ्नुपर्दा एउटा आर्थिक करिडोरलाई अर्को आर्थिक करिडोरले जोड्ने आधुनिक विचारधारा नै बिआरआई हो। बिगतमा सिल्क रोडमा जोडिएका देशहरुले ब्यापार गर्थे भने अब बिआरआई मा जोडिने देशबीच ब्यापारको मार्ग बन्छ।
चीनले बिआरआई संग जोडेर आयोजना गरेको दोस्रो अन्तराष्ट्रिय सम्मेलनबाट हिमालय सिल्क रोड बनाउने प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्ताव ६५ देशका राष्ट्रहरुको सहमतिमा पारित भएको थियो। र त्यो सम्मेलनमा नेपालबाट राष्टपति बिद्यादेवी भण्डारीले सहभागिता जनाउनुभएको थियो। त्यसैले चीनले अघि सारेको बिआरआई परियोजना चीनको नेतृत्त्वमा भएपनि चीन एक्लैको होइन, यसमा सामेल सबै देशको हो।
बिआरआई मा चीनले कनेक्टिभिटीलाई प्राथमिकतामा राखेको छ। कनेक्टिभिटीमा रेल मार्ग, सडक, हवाईमार्ग, पोर्ट, अप्टिकल फाईबर, टेलिकम्युनिकेशन जस्ता बहुयोजना रहेका छन। मुख्य बुझ्नुपर्ने कुरा भनेको बिआरआई भनेको बिभिन्न देशको आर्थिक करिडोर जोड्ने समान मार्ग हो।
(परराष्ट्र मामिलाका जानकार तथा चीन तथा रुसका लागि पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठसंग कुराकानीमा आधारित)