रसुवागढी नाका खुल्यो, तातोपानी एक महिनादेखि बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 11:31:54 AM मा प्रकाशित

laxmi  sunrise bank

निरन्तरको वर्षाका कारण चीनतर्फको बाटोमा समस्या आएर रोकिएको रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । बाटो अबरुद्ध हुँदा तीन दिनदेखि सामान नआएको नाकाबाट बुधबार तीन कन्टेनर भित्रिएको रसुवागढी नाकाले जनाएको छ । 

नाका सञ्चालनमा आएयता दैनिक ४/५ कन्टेनर सामग्री आउने गरेकोमा तीन दिनदेखि बन्द भएको नाका प्रमुख पुष्यबिक्रम खड्का बताउँछन् । तीन दिनसम्म बन्द नाकाबाट बुधबार राती तीन गाडी कन्टेनर नेपाल भित्रिएको हो । उनका अनुसार चीनतर्फको बाटो खुलाएर बुधबार गाडी भित्रिएको हो, चीनियाँ पक्षले बाटोमा अबरोद नहुने भन्दै दैनिक सामग्री आउने जनाएका छन् । 

‘वर्षका कारण चीन तथा नेपालका विभिन्न भागमा पहिरो जादा अबरुद्ध भैरहेको छ । एक साताअघि पनि नेपाल तर्फको बाटोमा समस्या आएको थियो’, उनले भने, ‘नाका पुनः सञ्चालनमा आएयता स्वास्थ्य सामाग्री, विभिन्न आयोजनाका निर्माण सामग्री, तयारी पोशाक तथा फलफूलहरु नेपाल भित्रिएका छन् ।’ 

कार्यालयका अनुसानर दुबैतर्फको बाटो अबरुद्ध हुँदा एक हजार कन्टेनर सामग्री गोदाममा राखिएको छ । नाका अबरुद्ध हुँदा एक व्यापारीको १० गाडी रोकिएको छ भने अन्य गाडीहरु रोकिएका छैनन् । 

चीनमा कोरोना संक्रमण फैलिएपछि गत माघदेखि रोकिएको नाका असार अन्तिमसाता पुनः सञ्चालनमा आएको हो । 

गत असार २५ गतेदेखि बन्दभएको तातोपानी नाका अझैँ सञ्चालनमा आउन सकेको छैन् । वर्षका कारण नेपालका विभिन्न स्थानमा पहिरो गएपछि अबरुद्ध भएको बाटो खुलाउन नसक्दा नाका बन्द भएको हो । 

बाटो ममर्त गर्ने र सफा गर्ने काम भैरहेतापनि बर्षाले भत्काउदा नाका सञ्चालनमा ल्याउन नसकेको कार्यालयका प्रमुख लालबहादुर खत्रि बताउँछन् । 

बाटो अबरुद्ध भएपछि नाकामा रोकिएका सामग्री नेपाल ल्याउन नसकेपनि कार्यालय भने सञ्चालन भैरहेको उनि बताउँछन् । नेपालतर्फको बाटोमा समस्या आएपछि चिनबाट समेत सामग्री नआएको उनि बताउँछन् । 

वर्षका कारण बाटो अबरुद्ध सगैँ चिनिया पक्षले हिमताल फुट्ने सम्भावना भएको भन्दै सामान ल्याएका छैनन्, उनले भने, बाटोका कारण २० गाडीहरु नाकामै रोकिएका छन् । 

बिचमा एकदिन बाटो सञ्चालनमा आएपछि ७ गाडी सामग्री नेपाल पठाईएको थियो, त्यसपछि बाटो पुनः अबरुद्ध भएपछि उतै रोकिएका हुन् । नाका सञ्चालनमा आएको दिन छिटो बिक्रने सामग्री पठाईएको हो, हाल गोदाममा स्वास्थ्य सामग्री तथा लत्ताकपडाहरु रहेका छन् । कार्यालयका अुनसार गोदाममा बिग्रने सामग्रीहरु केही छैनन् । 

२०७२ सालको भुकम्पपछि २०७६ को साउनबाट सञ्चालनमा आएको नाका चीनमा कोरानाको संक्रमण बढेको भन्दै गत माघ १३ गतेदेखि बन्द गरिएको थियो । तीन महिना बन्द भएको तातोपानी नाका नेपाल सरकारले चैत १२ गते अत्यावश्यक सामान ल्याउन चीनतर्फका नाका खोल्ने निर्णय गरेपछि पुनः सञ्चालनमा आएको थियो । 

नाका खुलेको सुरुआती दिनमा चिनबाट स्वास्थ्य सामाग्री मात्र ल्याइए पनि पछिल्लो समय अन्य सामाग्रीहरु समेत ल्याइएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved